लो-छ्योग्यल जिग्मे मेमोरियलको कप भलिबल र फुटबलको उपाधि उदयश्रीलाई

धौलागिरी एफएम संवाददाता, मुस्ताङ / प्रकाशित मिति :
बुधबार, साउन २८ २០७७

उपल्लो मुस्ताङमा हरेक वर्ष हुँदै आएको लो—छ्योग्यल जिग्मे मेमोरियल कपको भलिबल र फुटबलको उपाधि उदयश्री युथ क्लव घिलिङले जितेको छ ।
प्रतियोगिताको दोश्रो संस्करणका रुपमा माउण्ट पासाङ युथ क्लव ठिङ्गरले आयोजना गरेको दुवै खेलमा उदयश्री च्याम्पियन बनेको हो ।
उपल्लो मुस्ताङको खेलक्षेत्रको विकास र त्यसको प्रर्वद्धन गर्ने उद्देश्यले गत श्रावण १७ गतेबाट खेल संञ्चालन भएको आयोजक माउण्ड पासाङ युथ क्लवले जनाएको छ ।
फुटबल प्रतियोगिताको अन्तिम फाईनल खेलमा उदय श्रीले पेनाल्टी सुटआउट स्नोल्याण्ड युथ क्लव फुवालाई ८–६ गोल अन्तरले हराउदै च्याम्पियन बनेको हो । च्याम्पियन टोली उदय श्रीले नगद ७५ हजार जितेको छ ।
यस्तै, भलिबलतर्फ उदयश्रीले ३–१ को सेटमा बुद्ध शान्ति युथ क्लबलाई हराउदै च्याम्पियन बनेको छ । भलिवल विजेता उदय श्रीसले ५० हजार जितेको लोमान्थाङ गाउँपालिकाका अध्यक्ष सुवर्ण कुमार विष्टले जानकारी दिनुभयो । प्रतियोगितामा लोमान्थाङ र लोघेकर दामोदरकुण्डका १४ टिमले सहभागिता जनाएका थिए ।