कालीगण्डकी करिडोरको बागलुङ खण्ड तिन दिनदेखि अवरुद्ध

/ प्रकाशित मिति :
आइतबार, साउन ३ २០८३

बागलुङ, ३ असार – राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको कालीगण्डकी करिडोरको बागलुङ खण्ड तिन  दिनदेखि अवरुद्ध भएको छ ।

बागलुङ खण्ड अन्र्तगत जैमिनी नगरपालिका–८ छिस्ती बेलबगरको चौरीखोला पुल नजिकै सडक माथिबाट खसेको ठूलो पहिरोका कारण सडक अबरुद्ध भएको छ ।

शुक्रबारदेखि अबरुद्ध भएको सडक शनिबारदेखिनै खुलाउन थालिएपनि पहिरो ठूलो भएकाले अझै केही दिन लाग्ने जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख फरिन्द्र प्रसाईले जानकारी दिनुभयो ।

सडक डिभिजन कार्यालय बागलुङले पहिरो खुलाउन दुई लोडर तथा एक स्काभेटर प्रयोग गरेको सडक डिभिजन कार्यालय बागलुङका प्रमुख हरी सुवेदीले जानकारी दिनुभयो ।

पानी निरन्तर परिरहेको र पहिरोग्रस्त क्षेत्रमा जोखिम भएकाले समयमै सडक खुलाउन नसकिएको सुवेदीको भनाई छ । साउन एक गतेदेखि करिडोरको बलेवा–गुल्मी सम्मको सडक खण्ड सडक डिभिजन कार्यालयलाई हस्तान्तरण भएको हो ।

जैमिनी नगरपालिकाका उप–प्रमुख हरिहर शर्माका अनुसार पहिरोका कारण कालिगण्डकी करिडोर हुँदै मुक्तिनाथ जाने पर्यटकहरु फर्केका छन् भने बागलुङ हुँदै पाल्पा बुटबल जाने यात्रुहरु समेत फर्किन बाध्य भएका छ ।

पहिरोका कारण जैमिनी नगरपालिका–८ छिस्ती जाने मुख्य सडक पनि अवरुद्ध भएको उपप्रमुख शर्माले जानकारी दिनुभयो ।