दुर्लुङका पहिरो पीडितलाई ११ लाख बढी सहयोग

धौलागिरी एफएम संवाददाता, पर्वत / प्रकाशित मिति :
बुधबार, साउन १४ २០७७

गत जेठ ३१ राती ९ जनाको ज्यान लिन गरी कुस्मा नगरपालिका ३ दुर्लुङको ढकालबारीमा गएको पहिरोबाट प्रभावितलाई पर्वत मञ्च हङकङले आर्थिक सहयोग गरेको छ ।
रोजगारीको सिलसिलामा पर्वतबाट हङकङमा रहेकाहरूले संकलन गरेको ११ लाख २५ हजार रुपैयाँ पीडित परिवारका सदस्यलाई मञ्च हङकङका प्रतिनिधि, हङकङका निवर्तमान अध्यक्ष गंगाबहादुर गुरुङ र वडाध्यक्ष तेजप्रसाद पाध्याले हस्तान्तरण गर्नुभएको थियो ।
पहिरोमा परि ज्यान गुमाएका परिवारलाई २ लाख ३० हजारदेखि ४ लाख ६० हजारसम्म सहयोग गरिएको थियो । पहिरोले सामान्य क्षति भएका ६ जनालाई जनही १५ हजारका दरले ९० हजार रुपैयाँ राहतस्वरुप आर्थिक सहयोग गरिएको वडाअध्यक्ष तेज प्रसाद पाध्याले जानकारी दिनुभयो ।