बिहुकोट महोत्सव २०८३ को तयारी तिव्र

/ प्रकाशित मिति :
शुक्रबार, असोज ३០ २០८३

 

लक्ष्मी परियार
बागलुङ, ३० असोज –बागलुङको काँठेखोला गाउँपालिकाको बिहँुमा हुने प्रथम बिहुँकोट महोत्सव २०८३ को तयारी तिव्र पारिएको छ ।
स्थानिय उत्पादन, कला, संस्कृति र पर्यटनको प्रवद्र्धन, समृद्ध बिहँुकोटको पहिचान भन्ने नाराका साथ बिहुँकोट समाज जापान र जापान समाज बिहुँकोटको आयोजनामा असोज ३१ र कार्तिक १ गते हुने प्रथम बिहुँकोट महोत्सव २०८३ को तयारी तिव्र पारिएको हो ।

बिहुँकोट मन्दिर प्राङ्गढमा संचालन हुने महोत्सवलाई सफल पार्न आवश्यक तयारीलाई तिव्रता दिइएको बिहुँकोट समाज जापानका अध्यक्ष टिकाराम कँडेलले जानकारी दिनुभयो ।महोत्सवको अवसरमा काँठेखोला गाउँपालिकाभित्रका माध्यामिक बिद्यालयस्तरीय कवड्डी प्रतियोगिता, स्थानिय स्तरीय डोरी तान्ने तथा घैटोफोर प्रतियोगिता, राष्ट्रिय तथा स्थानीय कलकारहरुको साँस्कृतिक प्रस्तुती, झाँकी, बाजागाजा, पञ्चेवाजा, तथा भजनकीर्तन प्रस्तुती, स्थानिय उत्पादनको प्रदर्शनी तथा बिक्रि बितरण, सम्मान कार्यक्रम सहित बिविध मनोरञ्जनात्मक कार्यक्रम संचालन हुने उहाँले बताउनुभयो ।

दुई दिनसम्म सञ्चालन हुने महोत्सवले स्थानीय उत्पादनको प्रवद्र्धन, मौलिक कला संस्कृतिको संरक्षण, प्रतिभाको प्रोत्साहन, धार्मिक तथा ग्रामिण पर्यटनको बिकास र स्थानिय आर्थिक गतिविधीलाई चलायमान बनाउन योगदान पु¥याउने अपेक्षा गरिएको जापान समाज बिहँुकोटका अध्यक्ष नारायणप्रसाद कँडेल राजुले बताउनुभयो ।

यस बर्ष बिहुँकोट मन्दिर प्राङ्गढबाट शुरु गरि भविश्यमा प्रत्येक दुई बर्षमा बिभिन्न स्थानमा महोत्सवलाई निरन्तरता दिने लक्ष्य राखिएको उहाँको भनाई थियो । महोत्सवका लागि न्यु ताज महल एभरेष्ट, जापान मुख्य प्रायोजक र काँठेखोला गाउँपालिका प्रबद्र्धक रहेको उहाँले जानकारी दिनुभयो ।