वुमन्स डे कप:नेपालले आज हङकङसँग खेल्दै

धौलागिरी संवाददाता / प्रकाशित मिति :
सोमबार, फाल्गुन २६ २០८१

वुमन्स डे कपमा नेपालले आज हङकङसँग खेल्दैछ । युगान्डाको एन्टेब्बे क्रिकेट ओभलमा खेल दिउँसो २ बजे सुरु हुनेछ ।
हिजो भएको खेलमा नेपालले एक विकेटले पराजित गरेको थियो। युगान्डाले दिएको ७६ रनको लक्ष्य नेपालले १९ ओभर पाँच बलमा ९ विकेट गुमाएर लक्ष्य पूरा गरेको थियो ।
जारी प्रतियोगितामा नेपालको यो पहिलो जित हो । यसअघि शनिबार भएको खेलमा नेपाल नामिबियासँग पराजित भएको थियो । चार देश सम्मिलित प्रतियोगिता डबल राउन्ड रोबिनमा हुनेछ। शीर्ष २ टोली फाइनलका लागि भिड्ने छन् ।
नेपालले यस प्रतियोगितालाई सन् २०२६ मा हुने महिला टी–२० विश्वकप क्रिकेट छनोटको तयारीका रूपमा लिएको छ । विश्वकपको एसिया क्षेत्र छनोट आगामी मे मा हुनेछ ।