देउपुरमा खेल मैदान निर्माण कार्य तीब्र पारियो

धौलागिरी एफएम संवाददाता, पर्वत / प्रकाशित मिति :
सोमबार, असार १५ २០७७

पर्वत जिल्लाको मोदी गाँउपालिका वडा नं. २ देउपुरमा खेल मैदान निर्माण कार्य तीब्र पारिएको छ । सामाजिक विकास मन्त्रालय गण्डकी प्रदेश सरकारको सहयोगमा देउपुर खेल मैदान बनाउन लागिएको हो ।
व्यवस्थित खेल मैदानको अभावमा खेल क्षेत्रनै ओझेलमा पर्दै गएको बेला सुविधा सम्पन्न खेलमैदान बनाउन थालिएको हो । स्थानीय खेलाडीहरुलाई राष्ट्रिय स्तरसम्म पु¥याउने र प्रोत्साहन गर्ने उद्धेश्यले खेलकुद मैदान निर्माणको कार्य अगाडी बढाइको मोदी गाँउपालिका वडा नं २ वडा अध्यक्ष विकास तिमिल्सिनाले जानकारी दिनुभयो ।
मोदी गाँउपालिकाभित्रका युवा पुस्ताहरुलाई खेलतर्फ आकर्षण गर्नका लागि पनि देउपुर खेल मैदानले खेलकुद गतिविधि संचालन गर्न सहज हुने उहाँको भनाई रहेको छ ।
खेल मैदान सम्माउने काम सकिएको र तारबार गर्न बाँकी रहेको देउपुर खेल मैदान निर्माण समितिका अध्यक्ष रामप्रसाद तिमिल्सिनाले जानकारी दिनुभयो ।