जलजलामा व्यवस्थित खेल मैदान निर्माण हुँदै

धौलागिरी एफएम संवाददाता, पर्वत / प्रकाशित मिति :
मंगलबार, असार २ २០७७

सांकेतिक तस्विर

पर्वत जिल्लाको जलजला गाउंपालिकामा ब्यवस्थित खेल मैदान निर्माण शुरु भएको छ ।
स्थानिय युवाहरुको मागलाई सम्बोधन गर्दै खेल मैदान निर्माण र खानेपानीको संरक्षणको काम शुरु गरिएको हो ।
पूर्वाधार बिकास मन्त्रालय, सामाजिक बिकाश मन्त्रालय गण्डकी प्रदेशको आर्थिक सहयोग तथा पर्वत बगर बेनी बजार सुधार समितिको सक्रियतामा खेल मैदान तथा खानेपानी संरक्षणको काम शुरु गरिएको मैदान निर्माण समितिका सचिव नरेन्द्रबहादुर थापाले जानकारी दिनुभयो ।
खेलकुद मैदान निर्माणका लागि प्रदेश सरकारवाट ६ लाख रुपैया प्राप्त भएको र स्थानियले ९ लाख बराबरको श्रमदान गरेको सचिव थापाले बताउनुभयो । मैदान सम्माउदा निस्केका ढुङ्गा बिक्रि र स्थानीयको श्रमदान सहित ९ लाख बराबरको श्रमदान भएको उहांले बताउनुभयो ।
२०७६ साल पौष १ गते भएको बजार भेलाले खेलकुदको संरक्षण एबँ युवाको माग र आवश्यकतालाई मध्यनजर गरेर खेलकुद मैदान निर्माण गर्ने निर्णय अनुसार निर्माण कार्य शुरु गरिएको थापाको भनाई छ । त्यस्तै बेनी बजार संरक्षणका लागि समेत प्रदेश सरकारबाट यस बर्ष २ करोड रुपैया बजेट बिनियोजन भएको थापाले जानकारी दिनुभयो ।
बेनी बजारलाई बर्षायाममा हुन सक्ने सम्भावित जोखिमबाट बचाउनका लागि प्रदेश सरकार समक्ष ६ करोड रुपैया माग गरेको भएपनि अहिलेलाई २ करोड बजेट बिनियोजन भएको उल्लेख गर्दै थापाले बाँकी क्रमिक रुपैमा सहयोग हुने आश्वासन आएको बताउनुभयो ।