काठेखोला गाउँपालिकामा फाल्गुन १३ देखि राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगीता

धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति :
बिहिबार, फाल्गुन ८ २០७६

बागलुङको काठेखोला गाउँपालिकाले फागुन १३ र १४ गते विद्यालय स्तरीय राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगीता आयोजना गरेको छ ।
प्रतियोगीतामा गाउँपालिका अन्र्तरगत रहेका विद्यालयहरुको सहभागीता रहने छ ।

कार्यक्रम काठेखोला गाउँपालिका–६ जलजला र भीमसेन माविमा आयोजना गरिएको प्रमुख प्रशासकीय अधिकृत खिमबहादुर विकले जानकारी दिनुभयो ।
प्रतियोगीतामा विभिन्न दुरीका दौड, सटपुट, भलिबल, कपर्दी,, हाईजम्प, लङ्गजम्प, त्रिपलजम्प, ज्याबलिङ्ग थ्रो, विभिन्न दुरीका रिले दौड लगायतका खेल संचालन हुने छन् ।