दोस्रो चिल्ड्रेन लाईफ कपको उपाधि अमर आदर्शलाई

धौलागिरी एफ.एम. संवाददाता, बागलुङ / प्रकाशित मिति :
आइतबार, फाल्गुन ४ २០७६

दोस्रो चिल्ड्रेन लाईफ अन्तरविद्यालय (+२) स्तरिय फुटबल प्रतियोगिताको उपाधि अमर आदर्शले जितेको छ ।

शनिबार भएको फाइनल खेलमा आयोजक चिल्डेक लाईफ इङ्गलिस बोर्डिङ स्कुल (सेतो)लाई पेनाल्टी सुटआउटमा ४–३ गोलअन्तरले पराजित गर्दै अमर आदर्शले उपाधि जितेको हो ।

उपाधि विजेता अमर आदर्शले ५० हजार नगद प्राप्त गर्योभने उपविजेता चिल्ड्रेन लाईफले २० हजार रुपैयाँमा चित्त बुझाएको छ ।

यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी चिल्ड्रेन लाईफका कप्तान एवं गोलकिपर सौगात खड्का भएका छन् । यस्तै चिल्ड्रेन लाईफका लोक बहादुर पुन उत्कृष्ट डिफेन्डर अजय पुन उत्कृष्ट फरवार्ड घोषित भएका थिए । पुनले प्रतियोगितामा ७ गोल गर्दै उच्च गोलकर्ता समेत बनेका छन् ।

यस्तै अमर आदर्शका सञ्जन क्षेत्री उत्कृष्ट गोलकिपर र सुनिल श्रीस उत्कृष्ट मिडफिल्डर घोषित बन्दै ट्रफि प्राप्त गरेका छन् । चिल्ड्रेन लाईफ बोर्डिङ स्कुलको आयोजना र चिल्ड्रेन लाईफ स्पोर्टस् क्लबको सहआयोजनामा माघ २८ गतेदेखि संचालन भएको प्रतियोगितामो १४ विद्यालयका १५ टिमको सहभागिता रहेको थियो ।

प्रतियोगिताको समापन समारोहमा बोल्दै जिल्ला शिक्षा समन्वय इकाईका संयोजक कुश्माराज उपाध्यायले विद्यार्थीहरुलाई शिक्षाको साथै खेलकुदमा पनि अगाडी बढाउनुपर्ने बताउनुभयो । उहाँले शिक्षाको लागि शारीरिक र मानसिक तन्दुरुस्त हुनुपर्ने बताउँदै त्यसको लागि खेलकुदको जरुरत रहेको बतउनुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष महेन्द्र आचार्यको अध्यक्षतामा सम्पन्न भएको समापन समारोहको संचालन शिक्षिका विजया चालिसेले गर्नुभएको थियो ।