मेयर कपः बागलुङ र भीमाद नगरपालिका सेमिफाइनल प्रवेश

धौलागिरी एफ.एम. संवाददाता, बागलुङ / प्रकाशित मिति :
आइतबार, माघ १९ २០७६

आयोजक बागलुङ नगरपालिका र तनहुँको भीमाद नगरपालिका बागलुङमा जारी दोस्रो मेयर कप राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।
शनिबार तुलसीपुर नगरपालिका दाङ उपस्थित नभएपछि भीमाद नगरपालिका सिधै सेमिफाइनलमा प्रवेश ग¥यो भने बागलुङले गल्कोट नगरपालिकालाई ७–० को फराकिलो गोल अन्तरले पराजित गर्दै सेमिफाइनलको यात्रा तय ग¥यो ।
ध्रुव घिमिरेको ४ गोल मद्दतमा आयोजक बागलुङले गल्कोट नगरपालिकालाई ७–० को फराकिले जित निकाल्दै सेमिफाइनलमा प्रवेश गरेको हो । पहिलो हाफमा २ गोल गरेको बागलुङले दोस्रो हाफमा ५ गोल थप्यो ।
खेलको ३१ औं मिनेटमा कप्तान प्रमेश थापालाई परिवर्तन गर्दै मैदान छिरेका आशिष केसीले ३९ औं मिनेटमा गोलको खाता खोलेका थिए । उनले डिबक्स बाहिरबाट गरेको प्रहार गोलमा परिणत भएको थियो । यस्तै गोविन थापाले ४२ औं मिनेटमा गोल गर्दै बागलुङलाई पहिलो हाफमा २–० को अग्रता दिलाए ।
दोस्रो हाफमा चम्कीएका ध्रुव घिमिरेले लगातार ४ गोल गर्दै प्रतियोगिताको पहिलो ह्याट्रिक गर्ने खेलाडी बने । खेलको ५७ औं र ६२ औं मिनेटमा लगातार गोल गरेका घिमिरेले ६८ औं मिनेटमा पेनाल्टीबाट गोल गर्दै ह्याट्रिक पुरा गरेका थिए ।
घिमिरेले ७२ औं मिनेटमा चौथो गोल गरे । उनी खेलको म्यानअफदी म्याच घोषित हुँदै नगद २ हजार रुपैयाँ प्राप्त गरेका छन् । खेलको अतिरिक्ति समयको पहिलो मिनेट बागलुङका आशिष केसीले एक गोल थप गर्दे अंकदुरी ७–० पु¥याएका थिए ।
पहिलो हाफमा बागलुङका खेलाडीले डिबक्स भित्र फल गरेपछि पाएको पेनाल्टीमा गल्कोट कप्तान जीवन बुढाथोकीले गोल गर्नबाट चुके । उनको पेनाल्टी प्रहार बागलुङका गोलरक्षक सौगात खड्काले विफल पारिदिए ।
प्रतियोगिता अन्तगत भोली (आईतबार) सेमिफाइनल प्रवेशको लागि पहिलो खेल बेनी नगरपालिका म्याग्दी विरुद्ध पोखरा उपमहानगरपालिका र दोस्रो खेल चान्द्राडी नगरपालिका उदयपुर विरुद्ध जैमिनी नगरपालिका बागलुङका विच हुनेछ ।
बागलुङ नगरपालिकाको आयोजना र जिल्ला फुटबल संघ बागलुङको समन्वयमा संचालित प्रतियोगिताको विजेताले उपाधिसहित ३ लाख, दोस्रोले २ लाख र सेमिफाइनल पुग्ने समान ६० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले दश हजार तथा उत्कृष्ट फरवार्ड, मिडफिल्डर, डिफेन्डर, गोलकिपर र उच्च गोलकर्ताले समान ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताको फाइनल खेल २१ गते हुनेछ ।