अध्यक्ष कपः दोस्रो दिन पुरुष भलिवल ६ खेल सम्पन्न

धौलागिरी एफ.एम. संवाददाता, बागलुङ / प्रकाशित मिति :
शुक्रबार, माघ १७ २០७६

बागलुङको काठेखोला गाउँपालिकामा–३ धम्जामा जारी प्रथम अध्यक्ष कप भलिबल तथा साँस्कृतिक प्रतियोगीतामा बिहिबार देखि पुरुष भलिबल खेल सुरु भएको छ ।
पहिलो खेल काठेखोला गाउँपालिका– ८ लेखानी रातो विरुद्ध वडा नम्वर–७ रेश रातो बिच भएको थियो । खेलमा लेखानी बिजय भएको छ ।
दोर्सो खेलमा काठेखोला गाउँपालिका–१ पाला रातो र वडा नम्वर–२ भिमापोखरा निलो बिच भएको थियो । खेलमा भिमापोखरा निलोले बिजय सुरुवात गरेको छ । त्यस्तै काठेखोला गाउपालिका–१ पाला निलो र वडा नम्वर–५ रातो बिच भएको तेस्रो खेलमा पाला निलोले जित्दै क्वाटरफाइनल प्रवेश गरेको छ ।
काठेखोला गाउँपालिका–३ धम्जा र वडा नम्वर–५ रातो बिचको चौथो खेलमा धम्जाले बिहुँलाई पछि पार्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ । वडा नम्वर–२ भिमापोखरा रातो विरुद्ध वडा नम्वर–६ बिहु बिच भएको पाँचौ खेलमा भिमापोखरा बिजय भएको छ ।
काठेखोला गाउपालिका–७ रेश निलो विरुद्ध वडा नम्वर ८ लेखानी निलो बिच भएको छैटौ खेलमा रेश रातो बिजय भएको छ । बाँकी खेल शुक्रवार बिहान ८ बजेदेखि सन्चालन हुने भलिबल सयोजक बाबुराम भण्डारीले जानकारी दिनुभयो ।
त्यस्तै अध्यक्ष कपको अवसरमा आयोजना गरिएको अन्तरविद्यालय स्तरिय सामुहिक नृत्य प्रतियोगितामा लालिगुरास इङलिस बोडिङ स्कुल प्रथम, अमर उच्च माध्यमिक विद्यालय द्धितीय र नारायणी मावी तृतिय भएका छन ।