आजबाट दोस्रो मेयर कप

पहिलो खेल बागलुङ र कुश्मा नगरपालिका खेल्ने
धौलागिरी एफ.एम. संवाददाता, बागलुङ / प्रकाशित मिति :
बिहिबार, माघ १६ २០७६

दोस्रो मेयर कप राष्ट्रिय फुटबल प्रतियोगिताको उद्घाटन खेलमा बागलुङ नगरपालिका र कुश्मा नगरपालिका पर्वत खेल्ने भएका छन् ।
बागलुङ नगरपालिकाको आयोजना र जिल्ला फुटबल संघ बागलुङको समन्वयमा भोली ९बिहीबार०देखि सुरु हुन लागेको प्रतियोगितामा बुधबार निकालिएको समय तालिका ९टाईसेट० अनुसार बागलुङ र कुश्माले उद्घाटन खेल खेल्ने भएका हुन् ।
प्रतियोगितामा १० टिमले सहभागिता जनाउने भएपछि पूर्वनिधारित समयमा एक कटौती गर्दै २१ गते फाइनल हुने जिल्ला फुटबल संघ बागलुङका अध्यक्ष रामराज गुरुङले जानकारी दिनुभयो । उहाँले प्रतियोगिता नकआउट चरणका आधारमा हुने बताउनुभयो ।
प्रतियोगितामा आयोजक बागलुङ नगरपालिका सहित कुश्मा नगरपालिका पर्वत, गल्कोट नगरपालिका बागलुङ, भिमाद नगरपालिका तनहुँ, तुलसीपुर उपमहानगरपालिका दाङ, चान्द्राडी नगरपालिका उदयपुर, जैमिनी नगरपालिका बागलुङ, बेनी नगरपालिका म्याग्दी, ढोरपाटन नगरपालिका बागलुङ र पोखरा पोखरा महानगरपालिका काश्की सहभागि रहेका छन् ।
प्रतियोगिताको विजेताले उपाधिसहित ३ लाख रुपैयाँ प्राप्त गर्नेछभने उपविजेताले २ लाख र सेमिफाइनल पुग्ने टिमले ६०–६० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडीले १० हजार र विधागत तर्फ उत्कृष्ट फरवार्ड, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट गोलकिपर र उच्च गोलकर्ताले समान ५ हजारका दरले पाउनेछन् । यस्तै प्रतियोगितामा म्यान अफ दि म्याच हुने खेलाडीले २ हजार रुपैयाँ पाउनेछन् ।
नगरपालिकाले २०७४ सालमा प्रदेश नम्बर ४ स्तरीय मेयरकप प्रतियोगिता संचालन गरेको थियो । उक्त प्रतियोगितामा वालिङ नगरपालिका स्याङ्जाले पोखरा उपमहानगरपालिकालाई पराजित गर्दै उपाधि जितेको थियो ।
यस वर्ष साविक विजेता वालिङ नगरपालिका सहभागि भएको छैन् ।