पर्वत महोत्सवः छेलोको उपाधि हमाललाई, भलिवलमा तीन खेल सम्पन्न

धौलागिरी एफ.एम. संवाददाता, पर्वत / प्रकाशित मिति :
बिहिबार, माघ १६ २០७६

पर्वतको कुश्मामा भैरहेको पर्वत महोत्सवको अबसरमा आयोजित अन्तर नगर स्तरिय भलिबल प्रतियोगितामा बुुधबार पनि लिग चरणका खेलहरु सम्पन भएका छन ।
बुधवार पनि तिन वटा समुह बिच प्रतिस्पर्धा भएको थियो । अन्तर नगर स्तरिय भलिवल प्रतियोगिता अन्र्तगत भएको पहिलो खेल महाशिला गाउँपालिका र बिहादी गाउँपालिका बिच भएको थियो । जसमा महाशिला बिजयी भएको छ ।
दोस्रो खेल जैमुनि नगरपालिका र आयोजक उद्योग बाणिज्य संघ बिच भएको थियो । जसमा जैमुनि बिजयी भएको छ । त्यस्तै तेस्रो खेल फलेबास नगरपालिका र गलकोट नगरपालिका बिच भएको थियो । जसमा गलकोटले जित आफ्नो कोल्टामा पारेको भलिबल खेलका सह संयोजक अर्जुन निर्जन पौडेलले जानकारी दिनुभयो ।
बिहिबार पनि तिन समुह बिच प्रतिस्पर्धा हुने भएको छ । पहिलो खेल जैमुनि नगरपालिका र बिहादी गाउँपालिका बिच हुनेछ । भने दास्रो खेल गलकोट नगरपालिका र जलजला गाउँपालिका बिच हुनेछ । त्यस्तै तेस्रो खेल पैयु गाउँपालिका र बिहादी गाउँपालिका बिच हुने आयोजकले जानकारी गराएको छ ।
बुधबारनै छेलो हान्ने प्रतियोगिता पनि सम्पन्न भएको छ । उक्त प्रतियोगितामा जम्मा १५ जनाको सहभागिता रहेको थियो । जसमा राजेन्द्र हमाल बिजयी भएको पौडेलले जानकारी दिनुभयो ।