कमल थापा ए डिभिजन लिगमा डेब्यू

धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति :
शुक्रबार, पुष २५ २០७६

बागलुङका युवा फुटबल खेलाडी कमल थापाले काठमाडौंमा जारी कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगमा डेब्यू गरेका छन् ।
बागलुङ नगरपालिका वडा नम्बर १० भकुण्डेका थापाले हिमालयन शेर्पा क्लबबाट मंगलबार फ्रेण्डस क्लब विरुद्ध मैदान उत्र्दै ए डिभिजन लिगमा डेब्यू गरेका हुन् । यससँगै थापा ए डिभिजन लिग खेल्ने बागलुङको दोस्रो खेलाडी भएका छन् ।
गत वर्ष बागलुङका आशिष केसीले फ्रेण्डस क्लबबाट ए डिभिजन लिगमा डेब्यू गरेका थिए । उनी यस वर्षको लिगमा पनि फ्रेण्डस क्लबबाटै खेलेका छन् ।
हिमालयन शेर्पाबाट पोखरामा हुने आहा रारा गोल्डकप लगायतका प्रतियोगिता खेलिसकेका थापाले ए डिभिजन लिगमा डेब्यू गर्न पाउँदा खुसी लागेको बताए ।