खुल्ला पुरुष भलिबलको उपाधी अनेरास्ववियुलाई

धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति :
सोमबार, पुष २१ २០७६

खुल्ला पुरुष भलिबलको उपाधी अनेरास्ववियुलाई छैठौं बागलुङ महोत्सवमा आयोजना गरिएको खुल्ला पुरुष भलिबलको उपाधी अनेरास्ववियुले जितेको छ ।

सोमवार भएको फाइनल खेलमा अनेरास्ववियुले नेपाली सेनाको 23 नम्वर बाहिनी अड्डालाइ 3-2 को सेटमा पराजित गरेको हो । अनेरास्ववियुले पहिलो सेट २५–१९ र चौठो सेट २५–२२ ले जितेको थियो भने नेपाली सेनाको २३ नम्वर बाहिनी अड्डाले दोर्सो सेट २५–११ र चौठो सेट २५–२१ ले जितेको थियो ।

दुवै समुहले दुई दुई सेट जिटेपछी अन्तिम सेटमा अनेरास्ववियुले १५–११ ले जितेको थियो । बिजेता अनेरास्ववियुले १ लाख ११ हजार १ सय ११ र उपबिजेता २३ नम्वर बाहिनी अड्डाले ५० हजार ५ सय ५५ मा चित्त बुझाएको छ । त्यस्तै सोमवार नै भएको तृतिय स्थानका लागि भएको खेलमा छन्त्याल कन्ट्रकशनले बिनामारेलाइ सोझो सेटमा पराजित गर्दै तृतिय भएको छ । छन्त्यालले ३० हजार ५ सय ५५ रुपैयाँ प्राप्त गरेको छ ।