बागलुङ महोत्सव: भलिबलका ४ खेल सम्पन्न

धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति :
बुधबार, पुष १६ २០७६

छैठौ बागलुङ महोत्सवको आकर्षणको केन्द्र खुल्ला पुरुष भलिवल प्रतियोगिता अन्तरत मंगलबार ४ खेल सम्पन्न भएका छन् ।
पुरुष भलिवलको मंगलवारको खेलवाट बानपा ८ सिगाना, गोलोरियस भलिवल टेनिङ सेन्टर, बागलुङ भलिवल ट्रेनिङ सेन्टर रातो र राष्ट्रिय युवा संघ बिनामारे बिजयी भएका छन् ।
मंगलवार भएको पहिलो खेलमा धौलागिरि प्राविधीक बिद्यालयलाई सोझो सेटमा पराजित गर्दै बानपा ८ सिगाना, दोस्रो खेलमा काठेखोला गाउँपालिका ४ तंग्रामलाई सोझो सेटमा पराजित गर्दै गोलोरियस भलिबल टे«निङ सेन्टर, र तेस्रो खेलमा काँठेखोला गाउँपालिका २ भिमापोखरालाई पराजित गर्दै बागलुङ भलिबल टे«निङ सेन्टर रातो बिजयी भएका हुन् ।
निकै प्रतिस्पर्धात्मक भएको चौथो खेलमा राष्ट्रिय युवा संघ बिनामारेले गण्डकी प्रदेश प्रहरीलाई पाराजित गरेको थियो । पहिलो सेटको खेलमा जित निकालेको गण्डकी प्रदेश प्रहरी दोस्रो सेटमा पराजित भएको थियो । अन्तिम सेटमा निकै प्रतिस्पर्धात्मक भए पनि युवा संघले जित निकाल्न सफल भएको थियो ।
बुधवारको खेल बिहान ८ बजेबाट शुरु हुने छ । पहिलो खेल बानपा ८ सिगाना बिरुद्ध मनसुन दालमोठ, दोस्रो खेल काठेखोला गाउँपालिका ४ तंग्राम बिरुद्ध नेपाल बिद्यार्थी संघ, तेस्रो खेल बागलुङ भलिवल ट्रेनिङ सेन्टर रातो बिरुद्ध सगरमाथा स्टेशनरी र चौथो खेल नेपाल मगर बिद्यार्थी संघ बिरुद्ध कादेश लेखानीका बिचमा हुने भलिवल खेलका संयोजक राजनकुमार शाक्यले जानकारी दिनुभयो ।