माघ १६ देखि दोस्रो मेयर कप फुटबल हुने

धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति :
शनिबार, पुष १२ २០७६

बागलुङमा आगमी माघ १६ गते देखि दोस्रो मेयरकप फुटबल प्रतियोगीता हुने भएको छ ।
बागलुङ नगर कार्यापालिकाको विहिबार सम्पन्न बैठकले माघ १६ गते शहिद दिवसको अवसरमा प्रतियोगीता आयोजना गर्न निर्णय गरेको हो ।
खेलमार्फत पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यका साथ नगरपालिका स्तरीय खुल्ला फुटबल प्रतियोगीता आयोजना गरेको नगर प्रमुख जनकराज पौडेलले जानकारी दिनुभयो । नगरपालिकाले यस वर्ष ए डिभिजन क्लबमा आबद्ध खेलाडी जिल्ला भित्र्याउने लक्ष्य लिएको छ ।
ए’ डिभिजन खेलका खेलाडी आउने सम्भावना रहे खेल मिति केही हेरफेर हुन सक्ने बताइएको छ । बागलुुङ नगरपालिकाले २०७७ वर्षलाई भ्रमण वर्ष मनाउने गरी सञ्चालन गर्न लागेको खुल्ला मेयर कप फुुटवल प्रतियोगितामा बागलुुङमा ए डिभिजन क्लवका खेलाडी भित्राउने उद्धेश्यले सञ्चालन गर्न लागेको बागलुुङ नगरपालिका नगरप्रमुुख जनकराज पौडेलले जानकारी दिनुुभयो ।
प्रतियोगीताको व्यवस्थापकिय जिम्मेवारी जिल्ला फुटबल संघ (एन्फा) बागलुङलाई प्रदान गरेको मेयर पौडेलले बताउनुभयो । खेल संचालनको लागि २५ लाख रुपैयाँ खर्च विनियोजन गरिएको छ । खेलमा १५ देखि २० नगरपालिकाले सहभागीता जनाउने अपेक्षा गरिएको छ ।
प्रतियोगीताको पुरस्कार लगायतका अन्य तयारी नगरपालिका र एन्फाको साझा बैठकले तयार गर्ने छ । ‘हामी मेयर कप गर्ने निर्णय गरेका छौँ अन्य तयारीको विषयमा पछि जानकारी हुन्छ’ उपमेयर सुरेन्द्र खडकाले भन्नुभयो–‘हामीले मेयर कपलाई एन्फाको राष्ट्रिय क्यालेन्डरमा समावेश गर्ने गरी पहल र दवाव सृजना गर्नु आवश्यक छ ।’
कार्यक्रमको संचालनका नगरपालिकाका बरिष्ठ योजना तथा प्रशासकीय अधिकृत युक्तप्रसाद सुवेदीले गर्नुभएको थियो ।