सागमा पदक विजेता खेलाडीलाई सम्मान

धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति :
शनिबार, पुष १२ २០७६

दक्षिण एसियाली खेलकुद प्रतियोगीता (साग) मा पदक विजेता बागलुङका खेलाडीलाई जन्मभूमीमा सम्मान गरिएको छ ।
साग खेलकुदमा कँराते विधातर्फ स्वर्ण पदक विजेता बागलुङको तमानखोला गाउँपालिका–२ भएरबँुङका नवीन रसाईली, कँरोतमै काँस्से पदक विजेता राजकुमार रसाईली, महिला भलिबलमा काँस्से पदक विजेता पाण्डवखानीकीसाफिया पुन र क्रिकेटका राष्ट्रिय खेलाडी सिगानाका करण केसीलाई उद्योग वाणिज्य संघले नगदसहित सम्मान गरिएको हो ।
सम्मान पछि बोल्दै स्वर्ण पदक विजेता नवीन रसाईलीले खेल जीवनलाई थप ऊर्जावान बनाउन गृह जिल्लाको सम्मानले हौसला प्रदान गरेको प्रतिक्रिया दिनुभयो । ‘सबैको साथ र हौसलले खेलाडीलाई उत्साही बनाउँछ उहाँले भन्नुभयो–‘खेलकुदलाई व्यवसायिक बनाउन सरकारले थप लगानी गर्नुपर्छ ।’
आफुले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगीतामा सहभागी भएर धेरै अनुभव संगालेको बताउँदै रसाईलीले जिल्लामा आफ्नो अनुभवलाई बाँड्ने मौकाको पर्खाईमा रहेको बताउनुभयो । ‘मैले आफ्नो जिल्लाका नयाँ खेलाडीलाई आफ्नो अनुभव बाँड्न चाहन्छु; धौलागिरी एफ.एमसँग कुराकानी गदै उहाँले भन्नुभयो– कँरातेको जिल्ला संघले त्यसको व्यवस्थापन गर्नु आवश्यक छ । खेलाडीलाई उपहार स्वरुप शालीग्राम शिलाप्रदान गरिएको थियो ।