सार्कमा मेडल जित्ने खेलाडीलाई तमानखोला गाउँपालकाले ग¥यो सम्मान

धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति :
बिहिबार, पुष ३ २០७६

१३ औं दक्षिण एसियाली खेलकुल (साग) प्रतियोगीतामा पदक विजेता बागलुङको तमानखोला गाउँपालिकाका दुई जना खेलाडीलाई बुर्तिवाङ्गमा सम्मान गरिएको छ ।
क्षेत्रिय दलित संजाल क्षेत्र नं. २ बागलुङले बुर्तिबाङमा एक कार्यक्रमका विच नगद सहित सम्मान गरेको हो ।
गत मंसिर १५ देखि २४ सम्म काठमाण्डौमा सम्पन्न सागमा नेपालका तर्फबाट कराँते प्रतियोगीतामा सहभागीता भई स्वर्ण पदक विजेता तमानखोलाका नविन रसाईली र कास्य पदक विजेता भाई राजकुमार रसाईलीलाई ५÷५ हजार रुपैयाँ सहित सम्मान गरेको हो ।
तमानखोला गाउँपालिकाको वडा नं. २ भयरबोंगा घर भएका स्वर्ण र कास्य पदक विजेता दुई भाईलाई ढोरपाटन नगर उपप्रमुख करमति पुनले सम्मान गर्नुभएको थियो ।
पदक विजेता खेलाडी सहित बुर्तिबाङमा रहेका कराँते, तेक्वान्दो खेलाडी, स्थानिय समाजसेवी, बुद्धिजिवी, दलित अधिकारकर्मीहरुले बुर्तिबाङ बजार परिक्रमा गरी बसपार्कमा सम्मान तथा अभिनन्दन गरिएको थियो ।
यस्तै सोही अवसरमा विश्वकर्मा समाज बुर्तिबाङले पनि नगद ५ हजार सहित खादा अविर लगाएर सम्मान गरेको थियो । सम्मानित भएपछि स्वर्ण पदक विजेता नविन रसाईली र कास्य पदक विजेता राज कुमार रसाईलीले, खेलकुदमा राजनीति र भ्रष्टाचारले प्रसय पाउन नहुने बताउनुभएको थियो ।