बंगलादेशलाई १–० ले हराउँदै नेपाल फाइनलमा

धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति :
सोमबार, मंसिर २३ २០७६

१३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत पुरुष फुटबलमा नेपाल फाइनल प्रवेश गरेको छ ।
आइतबार दशरथ रंगशालामा भएको सेमिफाइनलमा बंगलादेशलाई १–० गोलले हराउँदै नेपाल फाइनल प्रवेश गरेको हो ।
नेपालले पहिलो हाफमा नै गोल गरेर अग्रता बनाएको थियो । नेपालका लागि कप्तान सुजल श्रेष्ठको पासमा सुनिल बलले गोल गरे । उनले ११ औँ मिनेटमा नेपाललाई अग्रता दिलाएका हुन् । अब नेपालले उपाधिका लागि मंगलबार भुटानसँग प्रतिस्पर्धा गर्नेछ ।