डिग्निटी कलेज ए र फ्युुचर ब्राइटर फाइनल प्रवेश

धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति :
आइतबार, मंसिर २२ २០७६

चौथो गरिमा च्याम्पीयनसिप अन्तरविद्यालय स्तरिय छात्र क्रिक्रेट प्रतियोगितामा डिग्निटी कलेज ‘ए’ र फ्युुचर ब्राइटर आवासिय मावि फाइनल प्रवेश गरेको छ ।
शनिवार भएको पहिलो सेमिफाइनल खेलमा डिग्निटी कलेज ए ले कुुँडुुले माविलाई १ सय ३५ रनले पराजित गर्दै फाइनल प्रवेश गरेको हो । टस जितेर पहिला व्याटिङ रोजेको डिग्निटी कलेज ए ले १५ ओभरमा ७ विकेट गुुमाउँदै २ सय ६ रन बनाएको थियो ।
२ सय ३० रनको विशाल लक्ष्य पछ्याएको कुुँडुुले मावि ७२ रनमा अलआउट भएको थियो । कँुुडुुले मावि १४ ओभर ३ बलमा ७२ रनमा समेटिएको थियो । कुुँडुुलेका खेलाडी सुुजन केसीले १३ र सोवित केसीले १० रन बनाउनुु बाहेक अन्य खेलाडीहरुले दोहोरो अङ्क जोड्न सकेन ।
डिग्निटीको जितमा विजय विकले ४८ बलमा १ सय २९ रनमा अवजित रहे भने वलिङमा सन्देश छन्त्यालले ३ विकेट लिएका थिए । खेलमा सतकिय प्रहार गर्ने डिग्निटीका खेलाडी अजय विक म्यानअफ द म्याच घोषित भए ।
दोस्रो खेलमा फ्युुचर ब्राइटर आवासियले अमर आदर्श बोर्डिङलाई ३५ रनले पराजित गरेको छ । टस हारेर व्याटिङको निम्तो पाएको फ्युुचर ब्राइटरले १५ ओभरमा ५ विकेट गुुमाउँदै १ सय २१ रन बनाउन सफल भएको थियो ।
१ सय २२ रनको लक्ष्य पाएको अमर आदर्श बोर्डिङले १३ ओभरमा १० विकेट गुुमाउँदै ८८ रन मात्र बनाउन सक्यो जसमा रविन कार्कीले २० र विकास थापा र गणेश थापाले समान १७/१७ रनको योगदान गरे पनि जितका लागि प्राप्त भएन ।
फ्युुचरको जितमा रमेश बस्नेतले ५१ र सन्दिप खड्काले ३१ रनको योगदान गरे भने सन्दिप खड्काले वलिङ तर्फ ३ विकेट लिएका थिए । फ्युुचर ब्राइटर आवासिय माविका खेलाडी सन्दिप खड्का म्यानअफ द म्याच घोषित भएका थिए ।
फाइनल खेल आइतवार विहान ११ बजे डिग्निटी कलेज विरुद्ध फ्युुचर ब्राइटर आवासिय विच हुुने आयोजकले जानकारी दिएको छ । प्रतियोगितामा प्रथम हुुने टिमले ४४ हजार ४ सय ४४ र द्धितिय हुुने टिमले २२ हजार २ सय २२ ट्रफी प्रमाण पत्र प्राप्त गर्ने गरिमा आवासिय तथा डिग्निटी कलेजका प्रिन्सिपिपल श्यामप्रसाद सापकोटाले जानकारी दिनुुभएको छ ।