ढाका बुनाई तालिम सम्पन्न

धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति :
शुक्रबार, मंसिर १३ २០७६

बागलुङ नगरपालिका १० भकुन्डेमा ढाका बुनाई तालिम सम्पन्न भएको छ ।
नेपाल लोक कल्याण संघको आयोजना र मिलिजुली महिला समुहको सह आयोजनामा गरिएको ३ महिने तालिम विहीबार सम्पन्न भएको हो ।
ढाका बुनाई तालिमको समापनको अबसरमा बोल्दै बागलुङ नगरपालिका १० भकुण्डेका वडा अध्यक्ष प्रेम बहादुर थापाले तालिममा सहभागि भएका प्रशिक्षार्थिहरुले तालिम पश्चात ढाका बुनेर कोसेली घर स्थापना गर्नका लागि शुभकामना दिनुभएको थियो ।
उहाँले यस्ता तालिमहरु वडासंग समन्वय गरेर घरेलु उद्योग मार्फत संचालनमा ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । तालिमा २४ जना प्रशिक्षार्र्थीहरु सहभागि भएका थिए ।
समापन कार्यक्रममा अहेब उमेश सर्बुजा मगर, कार्यपालिका सदस्य सिता थापा, मिलिजुली महिला समुहका अध्यक्ष इन्द्र थापा लगाएतले बोल्नुभएको थियो । कार्यक्रम नेपाल लोक कल्याण संघका टिम लिडर कल्पना कार्कीको अध्यक्षता र मुना थापा मगरको संचालनमा सम्पन्न भएको थियो ।