नारी साहित्य समाजको पुर्नगठन, अध्यक्षमा शकुन्तला शर्मा

/ प्रकाशित मिति :
आइतबार, जेष्ठ १७ २០८३

बागलुङ, १७ जेष्ठ – नारी साहित्य समाज बागलुङको अध्यक्षमा शकुन्तला शर्मा चयन हुनुभएको छ । तिन बर्ष अघि धौलागिरी साहित्य प्रतिष्ठानका अध्यक्ष काजिरोशनको संरक्षकत्व र कृपा पौडेलको अध्यक्षतामा गठन भएको समाजको पुर्नगठन गरी शर्माको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरिएको हो ।

समाजको उपाध्यक्ष कोपीला कँडेल, सचिव शान्ति ज्ञेवाली, कोषाध्यक्ष शन्तु खड्का चयन हुनुभएको छ ।
यसैगरी समितिको सदस्यहरुमा निवर्तमान अध्यक्ष कृपा पौडेल,नन्द कुमारी ठकुरी, मायाँ शर्मा चालिसे,सीता शर्मा, राधा कुमारी शर्मा र सृष्टी आचार्य रहनुभएको छ ।

पुर्नगठित समितिको पहिलो बैठकले प्रत्येक दुई महिनाको पहिलो शनिबार साहित्य ईन्द्रेणी कार्यक्रम संचालन गर्ने निर्णय गरेको सचिव शान्ति ज्ञेवालीले जानकारी दिनुभयो । कार्यक्रममा निवर्तमान अध्यक्ष पौडेलले आफ्नो कार्यकालमा सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा शकुन्तला शर्मा, शान्ति ज्ञेवाली, कृपा पौडेल र कोपीला कँडेलले सिर्जना वाचन गर्नुभएको थियो ।