भारतको श्रृङ्गेरी शारदापीठका पीठाधीश्वर स्वामी शंकराचार्य शालग्राम संग्रहालयमा

/ प्रकाशित मिति :
शुक्रबार, जेष्ठ १५ २០८३

 

बागलुङ, १५ जेष्ठ – भारतको श्रृङ्गेरी शारदापीठका पीठाधीश्वर जगद्गुरु स्वामी शंकराचार्य विधुशेखर भारतीले बागलुङ नगरपालिका–४ स्थित शालग्राम संग्रहालयको अवलोकन गर्नुभएको छ ।

‘धार्मिक विजय यात्रा अन्र्तगत केही दिन अघि नेपाल प्रवेश गर्नुभएका उहाँ पवित्र तिर्थस्थल मुस्ताङको मुक्तिनाथ, म्याग्दीको गलेश्वरधाम हुँदै बिहिबार शालग्राम संग्रहालय आउनुभएको हो ।

जगदगुरु स्वामी शंकराचार्यलाई संग्रहालयका संरक्षक स्वामी ऋषि प्रपन्नाचार्य लगायत मन्दिर व्यवस्थापन समितिले स्वागत गरेको थियो ।
अवलोकनपछि जगदगुरु स्वामी शंकराचार्यले एउटै गुफाभित्र सवालाख शालग्रामको दर्शन गर्न पाउदा खुसी लागेको बताउनुभयो । उहाँले शालग्राम संग्रहालय, मुस्ताङको मुक्तिनाथ मन्दिर, म्याग्दीको गलेश्वरधाम लगायतका पवित्रतिर्थस्थलको दर्शनले आनन्दको अनुभुती भएको धारणा व्यक्त गर्नुभयो ।

सो अवसरमा स्वामी ऋषि प्रपन्नाचार्यले शालग्राम संग्रहालय लगायत समग्र धार्मिक संरचनाको बारे जानकारी गराउनुभएको थियो । पछिल्लो समय शालिग्राम संग्रहालय लगायत रंङ्ग वैकटेश मन्दिरको दर्शन र अवलोकन गर्न आउनेहरुको संख्या बढ्दो छ ।