नेपाल हाइकु अध्ययन केन्द्र (नेहा)गठन

धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति :
आइतबार, कार्तिक २४ २០७६

बागलुङ जिल्लामा क्रियाशील हाइकु लेख्ने साहित्यक सर्जकहरूको भेलाले नेपाल हाइकु अध्ययन केन्द्र (नेहा)जिल्ला तदर्थ समिति गठन गरेको छ ।

छोटो शब्दमा ब्यङ्ग्य प्रहार गर्ने जापानीज साहित्य यतिबेला नेपालमा समेत लोकप्रिय हुदै गएको बागलुङ जिल्लामा समेत हाइकु लेख्ने क्रम बढ्नु खुशीको कुरा भएको साहित्यक सर्जक धनप्रसाद पुनले बताउनुभयो ।

कार्यक्रममा धनप्रसाद पुन, ताराप्रसाद शर्मा, यादव पौडेल, गोविन्दप्रसाद आचार्य, कुमार श्रीष, बिष्णु बैरागी मगर, तनमति रोका लगायतका साहित्य सर्जकहरूले समसामयिक बिषयका हाइकु प्रस्तुत गर्नु भएको थियो ।

भेलाले राजेशचन्द्र राजभण्डारीको अध्यक्षतामा ९ सदस्यीय जिल्ला तदर्थ समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा लालबहादुर थापा ऋतम्भरा, सचिवमा धनप्रसाद पुन सहसचिवमा गोविन्दप्रसाद आचार्य र कोषाध्यक्षमा बिष्णु बैरागी मगर रहनु भएको छ ।

सदस्यमा ताराप्रसाद शर्मा, राजेन्द्र ढकाल, कुमार श्रीष र तनमति रोका रहनु भएको छ भने समितिको संरक्षकमा केन्द्रिय अध्यक्ष रामकुमार पाँडेलाई राख्ने निर्णय गरिएको छ ।

राजेशचन्द्र राजभण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत धनप्रसाद पुनले संचालन पत्रकार कोपीला कडेलले गर्नु भएको थियो । नेहाले बागलुङ सदरमुकाममा प्रत्येक दुई महिनाको एकपटक साहित्यक कार्यक्रम गर्ने निर्णय गरेको छ ।