अन्तराष्ट्रिय मुर्तिकार गलकोटमा तयारी तिव्र

धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति :
आइतबार, असोज २६ २០७६

बागलुङको गलकोट नगरपालिका–५, टेउवामा फागुन ५ गतेदेखी हुने अन्तराष्ट्रिय आधुनिक मूर्तिकला कार्यशालाको लागी तयारी तिब्र पारेको छ । गलकोट कला प्रतिष्ठानले कार्यशाला संचालनको लागी हरिचौरमा भेला पनि सम्पन्न गरेको छ । मूर्तिकलाका कृतिको संग्रहालय तथा अध्ययन अनुसन्धान केन्द्र बनाउन कार्यशाला गर्न लागिएको हो ।

पूर्वाधार निर्माण सहित कार्यशाला संचालन गर्न “तीन करोड खर्च लाग्ने अनुमान गरिएको र फागुन ५ गतेदेखी २१ गते सम्म हुने कार्यशालाका लागि संचालन प्रस्तावना पत्र पारित गरि सार्वजनिक गरिएको बताइएको छ ।

कार्यशालाका मुख्य योजनाकार नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका पूर्व प्राज्ञ ओम खत्रीले कार्यशालामा सिर्जित मूर्ति संग्रहालयमा राखिने बताउदै, अन्तर्राष्ट्रियस्तरमा ख्याति आर्जन गरेका मूर्तिकारले कार्यशाला स्थलमा नै बसेर मूर्तिकलाका कृति सिर्जना गर्ने जनाकारि दिनुभयो ।

अन्तर्राष्ट्रिय मूर्तिकारको संस्थामा समेत आबद्ध रहनु भएका खत्रीले कार्यशालामा १० ओटा देशका न्यूनतम पनि १० जना विदेशी र पाँचजना नेपाली मूर्तिकार सहभागी हुने बताउनुभयो । कार्यशाला स्थललाई अन्तर्रा्िष्ट्रयस्तरको मूर्तिकला संग्रहालय बनाउने प्रतिष्ठानको लक्ष्य छ ।

मूर्तिकारले कार्यशालामा बसेर प्रत्यक्ष रुपमा सिर्जना गरेका मूर्तिकलाका कृति संग्रहालयमा रहनेछन् । उक्त संग्रहालय देशकै महत्वपूर्ण पर्यटकीय गन्तव्य बन्ने प्रतिष्ठानका अध्यक्ष क्याप्टेन पुर्णबहादुर रानाको भनाइ छ ।

मूर्तिकारको कला प्रत्यक्ष रुपमा अवलोकन गर्ने अवसर पनि मिल्ने जानकारी दिदै अध्यक्ष रानाले देश, विदेशका मूर्तिकारका अमूल्य कलाकृति संग्रहित हुँदा यसले पर्यटकलाई पनि आकर्षित गर्ने बिश्वास व्यक्त गर्नूभयो । उक्त संग्रहालय कलाकार, अनसुन्धानकर्मी, विद्यार्थी, कलाप्रेमी लगायतलाई अध्ययन अनुसन्धानको केन्द्र समेत बन्ने ठानिएको छ ।