बागलुङको निसिखोला बाट ७ थान भरुवा बन्दु्क नियन्त्रणमा

/ प्रकाशित मिति :
बुधबार, असोज २१ २០८३

बागलुङ, २१ असोज – प्रहरीले बागलुङको निसीखोला स्थित सल्लेरी सामुदायिक वनमा बेवारिसे अवस्थामा भेटिएका ७ थान भरुवा बन्दुक नियन्त्रणमा लिएको छ ।

बुधबार बिहान करिब ९ बजे गस्ती गर्ने क्रममा इलाका प्रहरी कार्यालय बुर्तिबाङबाट खटिएको प्रहरी टोलीले सामुदायिक वनस्थित वनमाराको झाडीमा लुकाइछिपाइ राखिएको अवस्थामा बन्दुक फेला पारेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरिक्षक फडिन्द्र प्रसाईले जानकारी दिनुभयो

उहाँका अनुसार, बरामद गरिएका १ नाले ७ थान भरुवा बन्दुकमा काठको कुन्दासहितको संरचना रहेको छ । बन्दुक कसले र कुन प्रयोजनका लागि जंगलमा लुकाएर राखेको भन्नेबारे अनुसन्धान अघि बढेको प्रसाईले बताउनुभयो ।

प्रहरीले बेवारिसे अवस्थामा रहेका अवैध हातहतियार नियन्त्रणमा लिने अभियानअन्तर्गत गस्तीलाई थप प्रभावकारी बनाएको जनाएको छ ।