बागलुङमा माटोको ढिस्कोले पुरिएर २जनाको मृत्यु, १ गम्भिर घाईते

/ प्रकाशित मिति :
सोमबार, असोज १९ २០८३

बागलुङ, १९ असोज –पश्चिम बागलुङको निसीखोला गाउँपालिकामा सडक स्तरोन्नति गर्ने क्रममा खसेको माटोको ढिस्कोमा पुरिएर २ जनाको ज्यान गएको छ भने घटनामा एक जना गंभीर घाइते भएका छन् ।

निसीखोला–३ बोहोरागाउँमा सडक स्तरोन्नतिको क्रममा सोमबार बिहान माटोको ढिस्को खस्दा सल्यानका ३२ वर्षीय लालबहादुर बुढाथोकी र उदयपुर गाईघाटका ३२ वर्षीय राजु थापा मगरको ज्यान गएको हो ।

दुवै जना माटोको ढिस्कोमा पुरिएको अवस्थामा फेला परेको जिल्ला जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरिक्षक फणिन्द्र प्रसाईले जानकारी दिनुभयो ।

घटनामा रोल्पाको त्रिवेणी गाउँपालिका–५ का २५ वर्षीय कृष्ण बहादुर घर्ती गम्भीर घाइते हुनुभएको छ । घाईतेलाई तत्काल उद्धार गरी बुर्तिबाङ अस्पताल पठाइएको छ ।