गुठी र बागलुङ सुधार केन्द्र फाइनलमा प्रवेश, आज फाईनल खेल्दै

धौलागिरी संवाददाता / प्रकाशित मिति :
शनिबार, फाल्गुन २४ २០८१

साविक विजेता बागलुङ सुधार केन्द्र र ग्रेस गुराँश गुठी युनाइटेड बागलुङमा जारी तेस्रो संस्करणको जेसीज कप फुटबलको फाइनलमा प्रवेश गरेका छन् ।
बागलुङ जेसीजको आयोजनामा जारी प्रतियोगिताको शुक्रवार भएको सेमिफाइनलमा बलेवा एफसीलाई पराजित गर्दै ग्रेस गुराँश गुठी युनाइटेड र पर्पल हेज÷एभिएमलाई ट्राइबेकरमा पराजित गर्दै साविक बिजेता बागलुङ सुधार केन्द्र फाइनलमा प्रवेश गरेको हो ।
शुक्रवार बिहान भएको पहिलो सेमिफाइन खेलमा बलेवा एफसीलाई शुन्यका बिरुद्ध ३ गोलले पराजित गर्दै ग्रेस गुराँश गुठी युनाइटेड र पर्पल हेज÷एभिएमलाई ट्राइबेकरमा ३ का बिरुद्ध ४ गोल गर्दै साविक बिजेता बागलुङ सुधार केन्द्र फाइनलमा प्रवेश गरेको आयोजक बागलुङ जेसीजले जनाएको छ ।
ग्रेस गुराँश गुठी युनाइटेड र बागलुङ सुधार केन्द्र बिचको फाइनल खेल शनिवार दिउँसो २ बजे हुने बागलुङका अध्यक्ष सुशान्तकृष्ण श्रेष्ठले बताउनुभयो । सेमिफाइनलबाट बाहिरीएका दुई टिम बलेवा एफसी र पर्पल हेज/एभिएमले नगद १५÷१५ हजार प्राप्त गरेका छन् ।
खेलमा प्रथम हुनेले २ लाख नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने उहाँले बताउनुभयो । यसैगर द्वितिय हुनेलाई १ लाख नगद पुरस्कारसहित ट्रफी र मेडल दिइने महासचिव सुलभ खड्काले जानकारी दिनुभयो ।