यूएईलाई ८ विकेटले हराउँदै नेपाल यु–१९ महिला विश्वकपमा छनोट

धौलागिरी संवाददाता / प्रकाशित मिति :
बुधबार, कार्तिक २८ २០८१

नेपाल आगामी वर्ष हुने आईसीसी यु–१९ टी २० क्रिकेट विश्वकपमा छनोट भएको छ । बुधबार भएको निर्णायक खेलमा यूएईलाई ८ विकेटले हराउँदै नेपाल पहिलोपटक यु–१९ महिला विश्वकपमा छनोट भएको हो ।
यूएईले दिएको ४ रनको लक्ष्य नेपालले १४ दशमलव ओभरमा २ विकेटको क्षतिमा पूरा गरेको थियो । नेपालका लागि ओपनर सना प्रविनले अविजित रहँदै सर्वाधिक रन ३५ बनाउनु भएको थियो ।

कप्तान पूजा महतोले १ बलमा २१ रनको योगदान दिनु भएको थियो । साबित्री धामीले १२ रन बनाउनु भएको थियो । टस जितेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ८३ रन बनाएको थियो । नेपालका लागि कृष्मा गुरुङले ४ ओभरमा १७ रन दिएर ४ विकेट लिनु भएको थियो ।
उहाँले कप्तान धर्निधरका सहित ३ खेलाडीलाई एकै ओभरमा आउट गराउनुभएको थियो । नेपालका रिया शर्मा र सीमा केसीले २–२ विकेट र रचना कुमारी चौधरीले १ विकेट लिनु भएको थियो । नेपालले अब आगामी वर्ष मलेसियामा हुने आइसिसी यु–१९ महिला टी २० विश्वकप खेल्ने भएको छ ।