तेस्रो चिल्ड्रेन लाईफ कप फुटबल प्रतियोगिता फागुन ९ गतेदेखि

धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति :
मंगलबार, फाल्गुन ८ २០८០

चिल्ड्रेन लाईफ स्पोर्टस् क्लब आयोजनामा हुने तेस्रो चिल्ड्रेन लाईफ कप फुटबल प्रतियोगिताको तयारी पुरा भएको छ । आगामी फागुन १० गतेदेखि १२ गतेसम्म सञ्चालन हुने अन्तर विद्यालय स्तरीय फुटबल प्रतियोगिताको तयारी पुरा भएको हो ।
सोमबार पत्रकार सम्मेलन गरेर आयोजक चिल्ड्रेन लाईफ स्पोर्टस् क्लबले “स्वास्थ्य शरीर, मनोरञ्जन र अनुशानका लागि खेलकुद” भन्ने नाराका साथ फुटबल प्रतियोगिता आयोजना गरेको जानकारी गराएको छ । बागलुङ जिल्लाका १५ बढी विद्यालय प्रतियोगितामा सहभागि हुने अनुमान गरिएको क्लबका अध्यक्ष तथा चिल्ड्रेन लाईफ इङ्लिस बोर्डिङ स्कुलका प्रिन्सिपल नवराज श्रेष्ठले बताए ।
प्रयोगिताका लागि सबै प्राबिधिक र आर्थिक व्यवस्थापनको तयारी पुरा भएको उनले जानकारी दिए । बागलुङको रामरेखास्थित बाङ्गेचौर खेल मैदानमा प्रतियोगिता सञ्चालन हुने छ । फुटबल खेलमा विद्यार्थीको बढ्दो आकर्षणलाई मध्यनजर गर्नुका साथै बागलुङमा फुटबल खेलको विकासका निम्ति यो प्रतियोगिता आयोजना गरिएको श्रेष्ठले बताए ।
प्रतियोगिता बिजेताले ४४ हजार ४ सय ४४ र उपबिजेताले २२ हजार २ सय २२ रुपैयाँ पाउनेछन् । बिधागत रुपमा उत्कृष्ट खेलाडीका लागि समेत पुरस्कारको व्यवस्था रहेको आयोजकले जनाएको छ । प्रतियोगिता सम्पन्न गर्न ४ लाख २४ हजार १ सय ६६ रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।