गुराँस कप फुटसल प्रतियोगिता माघ २४ र २५ हुने

धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति :
मंगलबार, माघ २३ २០८០

बागलुङमा प्रथम गुराँस कप अन्तर बिद्यालय फुटसल प्रतियोगिता हुने भएको छ । प्रतियोगिताको तयारी पुरा भएको बिद्यालयले जनाएको छ ।
बागलुङ नगरपालिका वडा नम्वर ३ स्थित गुराँश बिद्या सदन र गुराँस चाइल्ड क्लवको आयोजनामा माघ २४ र २५ गते प्रथम गुराँश कप अन्तर बिद्यालय फुटसल प्रतियोगिता हुने भएको हो ।
गुराँस बिद्या सदनको छैटो बार्षिकोत्सवको सन्दर्भ पारेर कक्षा ८ सम्मका बिद्यार्थीहरुका बिचमा प्रतियोगिता संचालन गर्न लागिएको बिद्यालयका प्रिन्सीपल निशान खड्काले पत्रकार सम्मेलन मार्फत जानकारी दिनुभयो ।
आयोजक गुराँस बिद्या सदनको तीन टिम सहित २० टिमले सहभागीता जनाएको जानकारी दिदै प्रिन्सीपल खड्काले प्रतियोगितामा बिजेता समुहलाई १५ हजार ५ सय ५५ सहित ट्रफि मेडल र प्रमाणपत्र तथा उपबिजेता बन्ने समुहलाई ७ हजार ७ सय ७७ रुपैया सहित ट्रफि मेडल र प्रमाणपत्र प्रदान गरिने बताउनुभयो ।
प्रतियोगितामा सेमिफाइनल पुग्ने समुहलाई पनि ट्रफि र प्रमाण पत्र प्रदान गरिने जानकारी दिदै शिक्षक रामु जिसीले उत्कृष्ट खेलाडि, उत्कृष्ट गोल रक्षक र सर्वाधिक गोलकर्तालाई पनि पुरस्कृत गरिने बताउनुभयो । पत्रकार महासंघ बागलुङका सचिव बिजय रानाले बालवालिकाको खेल प्रति प्रष्फुटनका लागि खेलले महत्वपूर्ण सहयोग पुग्ने बताउनुभयो ।