खेलबाटै समृद्धिः सांसद के.सी.

धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति :
मंगलबार, जेष्ठ ७ २០७६

बागलुङमा आइतबारदेखि उपराष्ट्रपति चिल्डेन गेम सुरु भएको छ ।
खेलको उद्घाटन संघीय सांसद मनकुमारी केसीले गर्नुभएको थियो । उद्घाटन पछि बोल्दै उहाँले खेलमार्फत समृद्धि हाहिल गर्न सक्षम खेलाडी आवश्यक रहेको बताउनुभयो ।
खेलको पहिलो दिन एथ्लेटिक्सका दश विधाको छनौट सम्पन्न भएको छ । जसमध्ये हाइजम्प छात्र तर्फ अमृत आर्दश बोर्डिङ स्कुलका लालबहादुर थापा प्रथम, हाइजम्प छात्रा तर्फ चौराह माध्यामिक विद्यालयको शर्मिला परियार प्रथम, लङ्ग जम्प छात्रतफए अमृत आर्दश बोर्डिङ स्कुलका लालबहादुर थापा प्रथम, लङ्ग जम्प छात्रा तर्फ चिल्डेन लाईफ बोर्डिङ स्कुलका रिभा मल्ल प्रथम हुनु भएको छ ।
२०० मिटर दौड छात्रा तर्फ त्रिभुवन माध्यामिक विद्यालय पैयँुपाटाका पुनम पौडेल प्रथम, २०० मिटर दौड छात्र तर्फ धौलागिरी बहिरा आवसीय माविका मिन बहादुर किसान प्रथम, १०० मिटर छात्रा तर्फ त्रिभुवन मावि पैपुपाटाका पुनम पौडेल प्रथम, १०० मिटर छात्र तर्फ अमृत आददर्श बोर्डिङ स्कुलका लाल बहादुर थापा प्रथम भएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष धनबहादुर परियारले जानकारी दिनुभयो ।
यस्तै लङ्जम्प छात्र तर्फ गणेश माध्यामिक विद्यालयका लक्ष्मण परियार र छात्रा तर्फ धौलाागिरि आवसीय माध्यामिक विद्यालयका पुना बोसेल प्रथम भएको प्रशिक्षक भिमसेन शाक्यले बताउनुभयो । मंगलवार देखि मार्शल आर्टको खेलाडी छनौट हुने छ ।