भलिबल अन्तराष्ट्रिय रेफ्रीको मान्यता पाए ढोरपाटनका रानाले

धौलागिरी एफ.एम. संवाददाता, बागलुङ / प्रकाशित मिति :
मंगलबार, मंसिर १६ २០७७

अन्तराष्ट्रिय भलिबल महासंघ (एफआईभीबी) ले कुलबहादुर रानालाई अन्तराष्ट्रिय रेफ्रीको मान्यता दिएको छ ।
भलिबलको राष्ट्रिय रुपमा ख्याती कमाएका रानालाई एफआईभीबीले नेपाल भलिबल संघलाई पत्र पठाउँदै रानालाई अन्तराष्ट्रिय रेफ्रीको मान्यता प्रदान गरिएको जनाएको छ ।
नोभेम्बरमा बसेको बोर्ड बैठकले राना अन्तराष्ट्रिय रेफ्रीको मान्यता प्रदान गर्ने निर्णय गरेको एफआईभीबीले जनाएको छ । रानाले सन् २०१४ मा जापानमा भएको एफआईभीबी अन्तराष्ट्रिय रेफ्री क्यान्डीडेट कोर्ष गर्नुभएको थियो ।
बागलुङको ढोरपाटन नगरपालिका वडा नम्वर ४ का राना त्रिभुवन विश्वविद्यालय अंग्रेजी विषयका उप–प्रध्यापकसमेत रहनुभएको छ । अघिल्लो महिनादेखि अस्वस्थ्य राना हाल उपचारमा रहनुभएको छ ।