बुर्तिबाङ बजार सरसफाई गरे खेलाडीले

धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति :
आइतबार, कार्तिक २३ २០७७

खेलकुदमा सहभागी युवाहरुलाई सामाजिक काममा समेत जागरुक बनाउने अभियान अन्र्तगत यहाँ सञ्चालित तालिम केन्द्रले बजार सरसफाई गरेको छ । बागलुङको ढोरपाटन नगरपालिका मुकाम बुर्तिबाङ बजार युवाहरुको समुहले सरसफाई गरेको हो ।
ढोरपाटन नगरपालिका महिला÷पुरुष भलिबल तालिम केन्द्रको सक्रियतामा बजार सरसफाई गरिएको हो । ‘स्वास्थ्य लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नाराका साथ खेलकुदमा क्रियाकलापमा सहभागी हुने युवा युवतीहरुले स्वस्फुर्त बजार सरसफाई गरेका थिए ।
बजारमा रहेको फोहोर व्यवस्थापन हुन नसक्दा दुर्गन्धित बन्दै गएको भन्दै तालिम केन्द्रले सहभागि युवा युवतीलाई स्वयंसेवामा लाग्न आग्रह गरेको थियो ।
‘हाम्रो काम दक्ष खेलाडी उत्पादन गर्नु हो, युवाको भुमिका सामाजिक काममा पनि हुन्छ भन्ने सन्देश दिनु छ’ प्रशिक्षक सोम पौवीले भन्नभुयो ‘युवाले सरसफाई गर्दा सरोकारवालको ध्यान केन्द्रित भएको छ ।’
जिल्लाको पश्चिम क्षेत्रका ढोरपाटन नगरपालिका, तमानखोला, निसीखोला र बडिगाड गाउँपालिकाका युवा खेलाडीको लागि बुर्तिबाङमा केहि समय अघिदेखि भलिबल खेलको प्रशिक्षण चलिरहेको छ । प्रशिक्षणमा युवा यवतीको उल्लेख्य सहभागिता थियो ।
सरसफाईमा सहभागी युवायुवतीले बजारका चोक, कार्यालय परिसर, मिन्दर तथा बिसौनीहरुको समेत सरसफाई गरेका थिए ।