बागलुङका नन्दु विष्ट भर्चुअल तेक्वान्दो प्रतियोगितामा तेस्रो

धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति :
सोमबार, भाद्र १५ २០७७

तेक्वान्दो संघले आयोजना गरेको प्रथम काठमाडौं भर्चुअल तेक्वान्दो प्रतियोगितामा बागलुङका नन्दु विष्टले उपाधि हात पार्नुभएको छ ।
बागलुङमा लामो समयदेखि प्रतियोगिता तथा प्रशिक्षणमा सक्रिय विष्टले ४० वर्ष मुनिको पुम्सेतर्फ तेस्रो स्थान हासिल गर्न सफल हुनुभएको हो । बागलुङ तेक्वान्दो डोजाङबाट विष्ट प्रतियोगितामा सहभागी हुनुभएको थियो । प्रतियोगितामा देशभरका १ सय ७० खेलाडीको सहभागिता थिए ।