मोती सार्थक सम्मान पूर्व सांसद रानालाई

धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति :
शुक्रबार, साउन २३ २០७७

यस वर्षको मोती सार्थक सम्मान बागलुङका पूर्व सांसद क्याप्टेन पूर्णबहादुर रानालाई प्रदान गरिने भएको छ ।
गलकोटमा अन्र्तराष्ट्रिय मुर्तिकला आयोजना गरेर अभुतपूर्व सन्देश दिनुभएका रानालाई समाजसेवा र कला साधनाको विकासमा पु¥याएको योगदानको कदर स्वरुप मोती सार्थक सम्मान प्रदान गर्ने निर्णय गरिएको हो ।
यसैगरी, यसवर्षको धवल मोती सम्मान बागलुङका महेशचन्द्र प्रधान र रमेशकुमार राजभण्डारीलाई संयुक्त रुपमा प्रदान गरिने सार्थक प्रकाशनका अध्यक्ष काजी रोशनले जानकारी दिनुभयो ।
स्मृति प्रकाशनबाट प्रदान हुने स्मृति युवा सम्मान–२०७७ बाट भने गलकोटका सुन्तली कुँवर र सरिता खड्कालाई प्रदान गरिने सार्थक प्रकाशनले जनाएको छ ।
धवल कला मन्दिरले साहित्य र कला संगीतमा योगदान पु¥याउदै आएका व्यक्तिहरुलाई २०७४ र स्मृति प्रकाशनले २०६५ सालदेखि प्रत्येक वर्ष युवा सहित्यकारलाई सम्मान गर्दै आएको छ ।