गल्कोट ०५ हरिचौरमा कवर्ड हलको शिलन्यास

धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति :
बिहिबार, असार ४ २០७७

बागलुङ जिल्लाको गलकोट नगरपालिका वडा नम्वर ५ हरिचौरमा कवर्डहल निर्माण हुने भएको छ । पुर्वाधार निर्माणको लागी स्थानिय सरकारको बिशेष पहलमा कवर्डहल निर्माण हुन लागेको हो ।
कवर्डहल निर्माण गर्नको लागि गलकोट नगरपालिकाले चालु आर्थिक बर्षमा ३ लाख वजेट विनियोजन गरेको छ । ५१ फिट लम्वाई, ४१ फिट चौडाईसहित कवर्डहल निर्माण गर्न लागिएको कवर्डहल निर्माण समितिका उपाध्यक्ष थम्मन सुनारले जानकारी दिनुभयो ।
कवर्ड हल निर्माणसगैं स्थानीय स्तरमा खेलाडिको उत्पादनमा सहज हुने बिश्वास उपभोक्ता समितिले लिएको छ । निर्माण हुन लागेको कवर्डहलको गलकोट नगरपालिकाकी नगर उपप्रमुख रेनुका काउचा मगरले शिलन्यास गर्नुभएको थियोे ।