साहित्यीक गतिविधी सुस्ताउदै गएको प्रति चिन्ता व्यक्त

धौलागिरी एफ.एम. संवाददाता, बागलुङ / प्रकाशित मिति :
शनिबार, फाल्गुन १७ २០७६

जिल्लामा भएका बिभिन्न साहित्यीक सघंसंस्थालाई क्रियाशिल बनाई भाषा कला र साहित्यमा योगदान गर्नुपर्ने एक कार्यक्रमका सहभागीले बताएका छन् ।
बागलुङका साहित्यीक संस्थाबारे बिद्यामन्दिर पुस्तकालय बागलुङले आयोजना गरेको साहित्यीक गोष्ठीमा बोल्ने सहभागीले जिल्लामा पछिल्लो समय साहित्यीक गतिविधी सुस्ताउदै गएको भन्दै चिन्ता व्यक्त गरे ।
आर्थिक उपार्जन नहुने तथा बढी समय खर्चिनु पर्ने भएकाले सृजनात्मक कार्यतर्फ ध्यान कम भएको भन्दै सहभागिले–कला संस्कृतिको जगेर्नाको लागि साहित्यीक सघं संस्थालाई क्रियासिल बनाउनुपर्नेमा जोडदिए ।
धौलागिरीको साहित्यीक गतिविधीलाई प्रभावकारी बनाउनका लागि जिल्लाका सञ्चार माध्यमले महत्वपुर्ण भुमिका निर्वाह गरेको सहभागीले बताएका थिए । सो अवसरमा बोल्दै धौलागिरी बहुमुखी क्याम्पसका नेपाली बिभाग प्रमुख एबं प्राध्यापक डा. दिन बहादुर थापाले साहित्यलाई समय सान्दर्भीक र बलियो बनाउनका लागि भाषा सुधारमा ध्यान दिनुपर्ने बताउनुभयो ।


भाषा कलात्मक भएमात्र साहित्य बलियो हुने उहाँको भनार्ई थियो । कार्यक्रममा धौलागिरी साहित्य प्रतिष्ठानका अध्यक्ष एबं बिद्यामन्दिर पुस्तकालयका सल्लाहकार काजि रोशनले धौलागिरीको साहित्यीक गविविधी बारे प्रकाश पार्नुभएको थियो ।
कार्यक्रममा धौलागिरी वाङमय समाजका अध्यक्ष लालचन्द्र राजभण्डारी, सयपत्रि एफएमका अध्यक्ष जगन्नाथ आचार्य, नागरिक समाजका संयोजक काजिगाउले श्रेष्ठ, धौलागिरी कला तथा साहित्य मञ्चका सृजना कार्की बिद्यामन्दिर पुस्तकालय साहित्यीक उपसमिति सदस्य गुणराज पौडेल, धौलागिरी एफएमका कार्यकारी सम्पादक नविन शिशिर, कान्तिपुर दैनिकका उपसम्पादक प्रकाश बराल, धौलागिरी टेलिभिजनका कोपीला कँडेल, नागरिक दैनिकका संगम घर्ति, बागलुङ एफएमका राजेन्द्र ढकाल र परिसुचन साप्ताहिकका डम्बर बुढा लगायतले आ–आफ्नो संस्थागत गविविधी बारे जानकारी गराउनुभएको थियो ।
कार्यक्रम बिद्यामन्दिर पुस्तकालयका अध्यक्ष रामप्रसाद शर्माको अध्यक्षता, उपाध्यक्ष राम थापा अबिरलको स्वागत मन्तव्य र सचिव रामचन्द्र शर्माको संचालनमा सम्पन्न भएको थियो ।