वर्षाको कारण राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगीता प्रभावित

धौलागिरी एफ.एम. संवाददाता, बागलुङ / प्रकाशित मिति :
बुधबार, फाल्गुन १४ २០७६

बागलुङको काठेखोला गाउँपालिकाले मंगलबार देखि आयोजना गरेको राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगी वर्षाको कारण प्रभावित भएको छ ।
बर्षाका कारण गाउँपालिका स्तरिय छनोट प्रतियोगिता स्थगित गर्नु परेको गाउँपालिकाले जनाएको छ ।
सबै तयारी पुरा भए पनि मंगलबार बिहानैदेखि परेको बर्षाले प्रतिकुल मौसमका कारण प्रतियोगिता अर्को सूचना जारी नहुञ्जेल सम्मका लागि स्थगित गरिएको प्रतियोगिताका संयोजक टिकासंगम बिकले जानकारी दिनुभयो ।
यसैबीच, बागलुङ नगरपालिका स्तरीय राष्ट्रपति खेलकुद प्रतियोगीताको छनौट खेल आंशिक रुपमा प्रभावित भएका छन् ।
विहानैदेखि वर्षा भए पछि मंगलबारको लागि तयार गरेको खेलकुद प्रतियोगीता प्रभावित भएका हुन । दिउँसो पानी विदा भएको अवस्थामा संचालन भएको ३ हजार मिटर छात्रा दौड प्रतियोगीतामा सिगाना मावि सिगानाका सुदिप सुवेदी प्रथम, मालिका माविका सज्जन क्षत्री द्धितीय र त्रिभुवन मावि प्रदिप हरिजन तृतीय भएका छन् ।
छात्रा तर्फको ३ सय मिटर दौडमा सिगाना मावि सिगानाका आरती जिसी प्रथम, रुदे्रपिपल माविका दीपा श्रीस द्धितीय र गणेश माविका तिरिसा परियार तृतीय भएको बागलुङ नगरपालिका शिक्षा शाखाका अधिकृत गौरव रानाले जानकारी दिनुभयो ।
८ सय मिटर छात्र दौडमा जनताधन माविका अर्जुन नेपाली प्रथम, सिगाना माविका साजन खत्री द्धितीय र गरिमा आवासीय माविका उत्तम थापा तृतीय भएका थिए भने छात्रातर्फ सिगाना मावि लामिचौर कमला कार्की, द्धितीय सिगाना मावि तित्याङ्ग प्रतिमा गौतम, तृतीय अमृत आदर्शको मुना रेग्मी तृतीय भएकी छन् ।
त्रिपल जम्पको छात्र तर्फ, जनताधन माविका सुरज कार्की प्रथम, गणेश माविका सुरज क्षेत्री द्धितीय र चिल्ड्रेन लाईफ माविकामा नवीन पाठक तृतीय भएका छन भने छात्रातर्फ चिल्डेनलाईफका रिमा मल्ल प्रथम, गणेश माविका स्मृति पौडेल, त्रिभुवन माविका अनिषा नेपाली तृतीय भएको शिक्षा अधिकृत रानाको भनाई छ ।
मंगलबार कवड्डी र एथ्लेष्टिक्स तर्फका खेल सम्पन्न गर्ने योजना रहे पनि वर्षाले प्रभावित बन्यो । बाँकी खेल बुधबार विहान ७ बजेदेखि संचालन हुने छन् ।