दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

धौलागिरी एफ.एम. संवाददाता, बागलुङ / प्रकाशित मिति :
मंगलबार, फाल्गुन १३ २០७६

बागलुङ नगरपालिकामा दोस्रो अन्तर माध्यामिक विद्यालय स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ ।
बागलुङ नगरपालिकाको आयोजना, धौलागिरी बहिरा आवासिय माध्यामिक विद्यालय, प्याब्सन बागलुङ र एनप्याब्सन बागलुङको समन्वयमा प्रतियोगिता सुरु भएको हो ।
प्रतियोगिताको उद्घाटन गर्दै बागलुङ नगरपालिकाका मेयर जनकराज पौडेलले अहिले खेल क्षेत्रमा बजेट विनियोजन गरी खेलाडी पहिचान गर्ने प्रचलन बढ्दै गएकाले आगामी दिनमा थप समन्वय गरी जाने बताउनुभयो ।
व्यक्ति, समाज र राष्ट्रको पहिचान गराउन खेलकुद एउटा राम्रो माध्यम भएकाले यसको विकासका लागि खेलप्रेमीहरु थप दीर्घकालिन योजनाका साथ अगाडी बढ्नुपर्ने भनाई रहेको थियो । कार्यक्रममा बोल्ने वक्ताहरुले विभिन्न खेलहरुबाट नेपाललाई चिनाउन खेलाडीहरुले महत्वपुर्ण भुमिका निर्वाह गरेकाले सरकारले प्रोत्साहन गर्नुपर्ने बताएका थिए ।
कार्यक्रम धौलागिरी बहिरा आवासिय माध्यामिक विद्यालयका अध्यक्ष केवी राना मगरको अध्यक्षता र नगर शिक्षा अधिकारी गौरव रानाको सञ्चालनमा सम्पन्न भएको थियो । प्रतियोगिताको पहिलो दिन १५ सय मिटर छात्र÷छात्रा दौड प्रतियोगिता, सटफुट, ज्याब्लिङ थ्रो, लङजम्प प्रतियोगिता सम्पन्न भएको छ ।
१५ सय मिटरको छात्र दौड प्रतियोगितामा सिगाना माध्यामिक विद्यालय तित्याङका सुदिप सुवेदी प्रथम, त्रिभुवन माविका प्रदिप हरिजन द्धितिय र पृथ्वी माविका हेमन्त पौडेल तृतीय भएका छन् । यस्तै, छात्रा तर्फ सिगाना माध्यामिक विद्यालयकी आरती जिसी प्रथम, जनताधन माध्यामिक विद्यालयकी अनुसा पौडेल द्धितिय र त्रिभुवन माविकी जयन्ती केसी तृतीय भएका छन् ।
सटफुट प्रतियोगिता छात्रा तर्फ अमर आदर्श माविका मनिसा बिक प्रथम, गणेश माविका झरना सुवेदी द्धितिय र धवलागिरी बहिरा आवासिय माविका अमिता बुढा तृतीय भएका छन् भने छात्र तर्फ गणेश माविका अजित हरिजन प्रथम, चिल्डे«न लाईफ इङलिस बोडिङ स्कुलका सौगात खड्का द्धितिय र त्रिभुवन माविका अर्जुन हरिजन तृतीय भएका छन् ।
ज्याब्लिङ थ्रो मा छात्रा तर्फ सिगाना माविका बिमला केसी प्रथम, धवलागिरी बहिरा आवासिय माविका मिना चोखाल द्धितिय र जनताधन माविका अनुसा सुवेदी तृतीय भएका छन् भने छात्र तर्फ विद्यामन्दिर माविका आर्य खत्री प्रथम, जनताधन माविका सन्तोष रोका द्धितिय र त्रिभुवन माविका ज्ञानप्रसाद सुवेदी तृतीय भएका हुन् ।
यस्तैगरी लङजम्पमा प्रथम, द्धितिय र तृतीय क्रमशः त्रिभुवन माविका अनिसा नेपाली, धवलागिरी बहिरा आवासिय माविका पुजा बोसेल र न्यू ओयसिस एकेडेमीका रक्षा जिसी छन् भने छात्र तर्फ क्रमशः गणेश माविका सुमन क्षेत्री, जनताधन माविका सुरज कार्की र चिल्डे«न लाईफ बोडिङका लोकेन्द्र पुन रहेका छन् ।
प्रतियोगितामा बागलुङका १८ वटा सामुदायिक विद्यालय तथा १२ वटा संस्थागत विद्यालयका विद्यार्थीहरुले सहभागीता जनाएको आयोजकले जनाएको छ । मार्सल आर्टमा उसु, तेक्वान्दो र कराते गरी तीन वटा बिधा र एथ्लेटिक्स तर्फ दौड, भलिब, कबड्डी लगायतका प्रतियोगिताहरु हुनेछन् । मंगलवार ७ सय मिटर दौड एवं भलिबल प्रतियोगिता सञ्चालन गर्ने बताइएको छ ।