पर्वतको महाशिलामा प्रथम राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

धौलागिरी एफ.एम. संवाददाता, पर्वत / प्रकाशित मिति :
आइतबार, फाल्गुन ४ २០७६

पर्वतको महाशिला गाउँपालिकाको आयोजनामा शनिबारबाट प्रथम राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०७६ सुरु भएको छ ।

कृष्ण गोपाल गुरुङ स्मृति बालाकोट दह खेलमैदानमा सुरु भएको प्रतियोगितामा गाउँपालिका भित्रका ११ विद्यालयहरुले प्रतिस्पर्धा गर्ने भएका छन् ।

विद्यालयस्तरमा रहेका प्रतिभालाई खेलमार्फत छनौट गरी उत्कृष्ट खेलाडीहरुलाई जिल्लामा सहभागी गराउने गरी पहिलो पटक प्रतियोगिता आयोजना गरिएको गाउँपालिकाका प्रबक्तmा जिवन उचै ठकुरीले बताउनुभयो ।

प्रतियोगिताको उद्घाटन गर्दै जिल्ला समबन्य समिति प्रमुख मनोहर बि पौडेलले गाउँपालिकाले पहिलो पटक गाउँस्तरमा रहेका प्रतिभाहरुलाई प्रस्फुटन गराउने सुवर्ण अबसरको सृजना गरेकोमा खुसि ब्यक्तm गर्नुभयो । खेलकुद स्वास्थ्यसँग पनि जोडिएकाले खेलकुदलाई समबन्य समिति पर्बतले विशेष महत्व दिने उल्लेख गर्नुभयो ।

खेलाडीलाई प्रोत्साहन गर्न यस्ता कार्यक्रमको महत्वपूर्ण भूमिका रहने उल्लेख गर्दै उहाले जिल्लामा रहेका सबै खेलमैदानलाई स्तरोन्नती गरिने प्रतिबद्धता जनाउनुभयो । खेलकुदले अनुशासनको विकास गराउने भएकाले यसलाई पढाइसँगसँगै अघि बढाइनुपर्नेमा उहाँको जोड थियो ।

कार्यक्रममा जिल्ला समबन्य समिति पर्बतका सदस्य बिष्णुराम बिक, कार्यपालिका सदस्य तथा वडा नम्बर ५ का अध्यक्ष जिवन उचै ठकुरी र बिद्यालयको तर्फबाट महेन्द्र ज्याति माबिका प्रधानाध्यापक गोपाल प्रसाद शर्माले बोल्नुभएको थियो ।

प्रतियोगितामा ११ वटा बिधामा बिभिन्न इभेन्टहरु हुने गरी तालिका बनाइएको आयोजकले जनाएका छन । प्रतियोगितामा दौड, हाइजम्प, लङजम्प, लगायतका प्रतियोगीताहरु हुने भएका छन ।

यसैगरी भलिबल, कबड्डी लगायतका अन्य प्रतियोगिताहरु पनि सञ्चालन हुनेछन्। उद्घाटनको अवसरमा विद्यार्थीहरुले मार्च पाससँगै खेलकुद तथा गीतसंगति र नृत्यका विभिन्न प्रस्तुतिहरु प्रदर्शन गरेका थिए । प्रतियोगिता ६ गतेसम्म चल्ने बताइएको छ ।