दोस्रो चिल्डेन लाईफ कपको उद्घाटन खेलमा आयोजक चिल्ड्रेन लाईफको विजयी सुरुवात

कृष्ण संयोग, बागलुङ / प्रकाशित मिति :
मंगलबार, माघ २८ २០७६

बागलुङमा मंगलबार देखि सुरु भएको दोस्रो चिल्डेन लाईफ अन्तर विद्यालय स्तरिय फुटबल प्रतियोगितामा आयोजक टिम चिल्ड्रेन लाईफ बोर्डिङ स्कुल (सेतो) र गणेश माविले विजयी सुरुवात गरेका छन् ।
प्रतियोगिताको उद्घाटन खेलमा चिल्ड्रेन लाईफ बोडिङ स्कुलले अमृत आदर्श एकेडेमिलाई ० का विरुद्ध ६ गोल अन्तर पराजित गरेको थियो । चिल्डे«न लाईफका खेलाडि राजिव श्रीसले पहिलो हाफको १६ औँ मिनेटमा गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाएका थिए ।
खेलको दोस्रो हाफमा चिल्ड्नकै सरोज क्षेत्रीले ३८ औँ मिनेटमा गोल गरेका थिए भने अजय पुनले खेलको ४३ औँ, ४४ औँ र ५८ औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरेका थिए । खेलको अन्तिम समयमा ६० औँ मिनेटमा लोकेन्द्र पुनले गोल गरे संगै चिल्ड्रेनले जित सुनिश्चित गरको होे ।


खेल अवधिभर राम्रो प्रदर्शन गरे संगै चिल्डे«न लाईफका अजय पुन म्यान अफ द म्याच घोषित भएका थिए । यसैगरि दोस्रो खेलमा फ्युचर ब्राइटर बोडिङ स्कुल निर्धारित समयमा उपस्थित नभएपछि गणेश मावि बलेवा स्वत दोस्रो चरणमा प्रवेश गरेको छ ।
बुधवारको पहिलो खेल न्यु ओयसीस एकेडेमि बिरुद्ध पृथ्वी हिरण्य मावि अमलाचौर, दोस्रो खेल अमर आदर्श बिरुद्ध बिद्यामन्दिर मावि, तेस्रो खेल सिद्धार्थ शिक्षा सदन बिरुद्ध भिमसेन मावि, चौथो खेल गरिमा आवसिय मावि बिरुद्ध रुद्रपिपल मावि र पाँचौ खेल आयोजक चिल्डेन लाइफ रातो बिरुद्ध त्रिभुवन मावि पैयूपाटाका बिचमा हुने शिक्षक भानु आचार्यले जानकारी दिनुभयो ।चिल्डे«न लाईफ बोर्डिङ स्कूलले आयोजना गरेको प्रतियोगितामा १५ वटा बिद्यालयले सहभागिता जनाएका छन् । नकआउट चरणमा हुने प्रतियोगिताको विजेताले ५० हजार र उपविजेताले २० हजार रुपैयाँ प्राप्त गर्ने स्कुलले जनाएको छ ।


प्रतियोगितामा विद्यागत तर्फ उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्ड सहित प्रत्येक खेलको म्यान अफ दि म्याच, सर्वोत्कृष्ट खेलाडी र उच्च गोलकर्तालबाई पुरस्कृत गरिने भएको छ ।
प्रतियोगिताको उद्घाटन गर्दै बागलुङ नगरपालिका उपमेयर सुरेन्द्र खड्काले खेलकुदले विद्यार्थीलाई विद्यार्थीमा मात्र नभए खेलाडिको रुपमा परिचित गराउने बताउँदै विद्यालय स्तरमा हुने यस्ता प्रतियोगिताले नयाँ खेलाडी उत्पादनमा टेवा पु¥याउने बताउनुभयो ।
कार्यक्रममा प्याब्सन केन्द्रिय सदस्य बिजय राज पन्त, प्याव्सन बागलुङ उपाध्यक्ष दलबहादुर थापा र जिल्ला शिक्षा विकास तथा समन्वय शाखा अधिकृत कृष्णराज रेग्मीले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष महेन्द्र आर्याचको अध्यक्षता, प्रिन्सिपल नवराज श्रेष्ठको स्वागत र शिक्षक गोविन्द रानाको संचालनमा सम्पन्न भएको थियोे ।