दोस्रो मेयर कपको उपाधी बागलुङ नगरपालिकालाई (फोटो फिचर)

धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति :
मंगलबार, माघ २१ २០७६

दोस्रो मेयर कप राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि आयोजक बागलुङ नगरपालिकाले जितेको छ ।
मंगलबार फाइनल खेलमा बागलुङले उपदयपुरको चौदण्डीगढी नगरपालिकालाई ५–२ गोलअन्तरले पराजित गर्दै उपाधि रक्षा गरेको हो ।
सुरुवातदेखि आक्रमक खेल प्रस्तुत गरेको बागलुङले खेलको १ मिनेट २६ सेकेण्डमा कप्तान प्रमेश थापाको गोलबाट अग्रता लिएको थियो । चौदण्डीगढीका डिफेन्डरले डिबक्समा बल किलिएर गर्न नसक्दा कप्तान थापाले गोल गरेका हुन् ।
पहिलो हाफको १८ औ मिनेटमा बागलुङका उत्तम गुरुङले डिबक्स बाहिरबाट प्रहार गरेको बल गोलबारमा लाग्दै फिर्किएको थियो । उक्त बललाई सिद्धान्त मगरले गोलको दिशा दिन सकेनन् ।
बागलुङको लागि दोस्रो गोल २१ औं मिनेटमा ध्रुव घिमिरेले गरेका थिए । उनले डिबक्स बाहिरबाट प्रहार गरेको बलले गोलको दिशा लिएको थियो । यस्तै खेलको २५ औं मिनेटमा चौदण्डीगढीको लागि कप्तान सरद राईले पेनाल्टीमा गोलगर्दै खेललाई २–१ को अवस्थामा ल्याएका थिए । किपर विट भएको अवस्थामा बागलुङका जिवन गुरुङले गोललाइनमा ह्यान्ड गरेपछि पाएको पेनाल्टीमा कप्तान राईले गोल गरेका हुन् ।

यस्तै बागलुङको लागि खेलको ३४ औं मिनेटमा उत्तम गुरुङले फ्रिकिकमा उत्कृष्ट गोल गर्दै पहिलो हाफमा बागलुङलाई ३–१ गोलअन्तर बनाएका थिए । चौदण्डीगढीका डिफेन्डर सौजन राईले दिएको पासलाई गोलरक्षक शक्ति राईले हातले समातेपछि डिबक्स भित्रै फ्रिकिक प्राप्त भएको थियो ।
दोस्रो हाफमा पनि आफ्नो आक्रमक रणनीतिलाई जारी राखेको बागलुङले ४९ औं मिनेटमा गोविन थापाले गोल गर्दै अग्रतालाई बढाएका थिए ।
खेलको ७५ औं मिनेटमा बागलुङका डिफेन्डर निशान थापाले डिबक्समा फल गरेपछि पाएको पेनाल्टीमा चौदण्डीगढीका कप्तान सरद राईले गोल गर्दै खेललाई ४–२ को अन्तर बनाए पछि ७७ औं मिनेटमा बागलुङका उत्तम गुरुङले आफ्नो लागि दुई र टिमको लागि पाँचौं गोलगर्दै उपाधि जिताए ।
उपाधि जितेको बागलुङले नगद ३ लाख रुपैयाँ प्राप्त गरेकोछभने चौदण्डीगढीले उपविजेता भन्दै २ लाखमा चित्त बुझाएको छ ।

फोटोहरुः–            

फोटोः कृष्ण संयोग