प्रथम अध्यक्ष कपः काठेखोला–७ रेशलाई भलिबलको उपाधि

धौलागिरी एफ.एम. संवाददाता, बागलुङ / प्रकाशित मिति :
आइतबार, माघ १९ २០७६

बागलुङको काठेखोला गाउँपालिकाले आयोजना गरेको प्रथम अध्यक्ष कप भलिबलको उपाधि काठेखोला–७ रेशले जितेको छ ।
शनिबार भएको फाइनल खेलमा रेशले काठेखोला–८ लेखानीलाई ३–१ को सेटमा पराजित गर्दै उपाधि चुमेको हो ।
रेशले पहिलो र दोस्रो सेट समान २५–१६ ले जितेपनि तेस्रो सेटमा लेखानीसँग २१–२५ ले गुमाएको थियो । चौथो सेटमा २५–१५ ले जित हात पार्दै रेशले प्रथम अध्यक्ष कप भलिबलको उपाधि जितेको हो ।
उपाधि जितेको रेशले १ लाख ३५ हजार रुपैयाँ प्राप्त गर्यो भने उपविजेता लेखानीले ८० हजार रुपैयाँमा चित्त बुझाएको छ ।
यस्तै आजै भएको गजल प्रतियोगितामा प्रतिमान थापा प्रथम, प्रेम मगर द्धितिय र रन्जित भण्डारी तृतीय भएका छन् । प्रतियोगीताको प्रथमले १० हजार, द्धितियले ७ हजार र तृतीयले ५ हजार रुपैैयाँ प्राप्त गरेका छन् । गजत प्रतियोगितामा १० जनाको सहभागिता रहेको थियो ।