काठेखोला गाउपालिकामा प्रथम अध्यक्ष कप सुरु

सोरठी प्रतियोगितामा काँठेखोला गाउपालिका ४ को ठूलोगाउँ प्रथम
कृष्ण संयोग, बागलुङ / प्रकाशित मिति :
बिहिबार, माघ १६ २០७६

बागलुङको काठेखोला गाउपालिकामा बुधवारदेखि प्रथम अध्यक्ष कप भलिवल तथा साँगितिक प्रतियोगिता सुरु भएको छ ।

गाउँपालिकाको आयोजनामा शुरु भएको प्रतियोगितको उद्घाटनपछि बोल्दै काठेखोला गाउपालिकाका अध्यक्ष अमर थापाले बिकाससगै पालिकामा भएका सस्कृतिलाइ जोगाउनका लागि साँस्कृतिक कार्यक्रमले सहयोग पु¥याउने बताउनुभयो ।

उहाले काठेखोला गाउपालिका भित्रका भलिवल खेलाडिलाई पेशेवर खेलाडि उत्पादन गर्न अध्यक्ष कपले सहयोग पुग्ने बताउनुभयो । उहाँले भ्रमण बर्षलाई भव्य एवँ सभ्य रुपमा सम्पन्न गर्नका लागि गाउँपालिकाले हरेक क्षेत्रवाट सहयोग गर्ने बताउनुभयो ।

कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टिका प्रदेश सदस्य हिराबहादुर केसी, नेकपा काठेखोलाका अध्यक्ष दिलबहादुर कार्की, नेपाली काग्रेस काठेखोलाका अध्यक्ष ज्ञाननाथ कडेल, राष्ट्रिय जनमोर्चाका काठेखोला गाँउपालिकाका अध्यक्ष लक्ष्मन पुन, नेपाल पत्रकार महासघका अध्यक्ष दिल शिरीष, काठेखोला गाउपालिका ३ का वडा अध्यक्ष याम बहादुर श्रीस,ज्ञानुकुमारी शर्माश्रीस लगायतले बोल्नु भएको थियो ।

कार्यक्रम काठेखोला गाउपालिका प्रमुख प्रशासकिय अधिकृत खिमबहादुर बिकको स्वागत र नायव सुब्बा मनोज कार्कीको सञ्चालनमा सम्पन्न भएको थियो । बुधवार भएको सोरठी प्रतियोगितामा काँठेखोला गाउपालिका ४ को ठूलोगाउँ प्रथम, झुलेनी होमस्टे द्धितीय र शिवधुरी होमस्टे तृतीय भएका छन् ।

प्रतियोगितामा ७ समुहको सहभागीता रहेको थियो । सोरठी प्रतियोगितामा प्रथम हुनेलाई ३० हजार, द्धितीयलाई २० हजार र तृतीय हुनेलाई १० हजार पुरस्कार व्यवस्था गरिएको छ ।

कला, संस्कृति तथा खेलकुद विकास समिति काठेखोला गाउँपालिकाको संयोजनमा माघ १८ गतेसम्म हुने प्रतियोगितामा भलिबलसँगै काठेखोला लोकतारा–२०७६ (गायन), गजल, विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता, छेलो प्रतियोगिता, विद्यालय स्तरीय नृत्य प्रतियोगिता, धम्जा देउरालीदेखि बेलढुंगासम्म दौड प्रतियोगिता, जनप्रतिनिधि कर्मचारी संयोजन समितिबिच मैत्रिपूर्ण भलिबल खेलको आयोजना गरिएको छ ।

८ वडाका १५ समुहले सहभागी जनाएको भलिवल प्रतियोगिता बिहिबारवाट सञ्चालन हुने कार्यपालिका सदस्य टिकासँगम बिकले जानकारी दिनुभयो । उद्घाटन खेल वडा नम्बर ७ रेशको रातो र वडा नम्बर ८ लेखानीको रातो टिमबिच हुने उहाँले बताउनुभयो ।