नेपाली सेनाको २३ नम्बर बाहिनी अड्डा फाइनल प्रवेश, दोस्रो सेमिफाइनल खेल जारी

बल बहादुर रोका, बागलुङ / प्रकाशित मिति :
आइतबार, पुष २០ २០७६

बागलुङमा जारी छैठौ बागलुङ महोत्सवमा आयोजना गरिएको खुल्ला पुरुष भलिबलमा नेपाली सेनाको २३ नम्बर बाहिनी अड्डा फाइनल प्रवेश गरेको छ ।

आइतबार भएको पहिलो सेमिफाइनल खेलमा नेपाली सेनाको २३ नम्वरी बाहिनी अड्डाले साविकको बिजेता छन्त्याल कन्ट्रकशनलाई ३–२ को सेटमा पराजित गरेको हो । निकै प्रतिस्पर्धा भएको पहिलो सेमिफाइनल खेलमा 23 नम्बर बाहिनी अड्डाले पहिलो सेट २५–२३ ले तेस्रो सेट २५–२३ र पाचौं सेट १५–ढ ले जितेको थियो भने छन्त्याल कन्ट्रकशनले भने दोस्रो सेट २५–२३ र चौथो सेट २५–२२ ले जितेको थियो ।

दोस्रो सेमिफाइनल खेल अनेरास्ववियु विरुद्ध राष्ट्रिय युवा संघ बिनामारे बिच भैरेको छ । आइतबार नै भएको अन्तिम क्वाटरफाइनल खेलमा बिनामारेले ग्गोरियल बागलुङ भलिबल ट्रेनिङ सेन्टरलाइ ३–१ को सेटमा पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको थियो ।

प्रतियोगिताको विजेताले १ लाख ११ हजार १ सय ११ रुपैयाँ र उपविजेताले ५५ हजार ५सय ५५ रुपैयाँ र तृतीय हुने टिमले ३० हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ । यस्तै क्वाटरफाइनल पुग्ने टिमलाई प्रतिदिन ५ हजार भत्ता प्रदान गरिने र प्रतियोगिताको उत्कृष्ट खेलाडीले ५ हजार रुपैयाँ प्राप्त गर्ने उद्योग बाणिज्य संघ बागलुङले जनाएको छ ।