पुरुष भलिवलमा आइतवार चार समुुह विजय

धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति :
आइतबार, पुष १३ २០७६

बागलुङमा जारी खुुल्ला पुरुष भलिबलको दोस्रो दिन मनसुन दालमोठ उद्योग , भलिवल टे«निङ सेन्टर निलो, भिमापोखरा वार्ड खेलकुद र गण्डकी प्रदेश प्रहरी विजयी भएका छन्
छैठौ बागलुङ महोत्सवको मुख्य आकर्षण खुल्ला पुरुष भलिबल प्रतियोगीता आइतवार भएको खेलमा मनसुन दालमोठ उद्योगले धौलागिरी प्राविधिक विद्यालयलाई २–० को सोझो सेटमा पराजित गरेको थियो । मनसुन दालमोठ उद्योगले पहिलो सेट २५–१२ र दोस्रो सेट २५–१४ ले जितेको थियो ।
यस्तै आइतवार भएको दोस्रो खेलमा भलिबल टे«निङ सेन्टर निलोले नेपाल विद्यार्थी संघलाई २–० को सोझो सेटमा पराजित गर्यो । भलिबल टे«निङ सेन्टरले नेपाल मगर विद्यार्थी संघलाई पहिलो सेट २५–२३ र दोस्रो सेट २५–२० को सहज जित निकालेको थियो ।


तेस्रो खेलमा सगरमाथा स्टेशनरी खेलमा उपस्थित हुन नसक्दा भिमापोखरा वार्ड खेलकुद विजय भएको छ ।
यस्तै चौठो खेलमा गण्डकी प्रदेश प्रहरीले लेखानी कादेशलाई दुई सुन्यको सोझो सेटमा नै पराजित गरेको छ । प्रहरीले पहिलो सेट २५–१८ र दोस्रो सेट २५–१८ ले लेखानी कादेशलाई पराजित गरेको थियो । लिगकम नकआउटको आधारमा खेलाइने खेलमा १६ टिमको सहभागिता रहेको छ ।
प्रतियोगिताको विजेताले १ लाख ११ हजार १ सय ११ रुपैयाँ र उपविजेताले ५५ हजार ५सय ५५ रुपैयाँ र तृतीय हुने टिमले ३० हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ । यस्तै क्वाटरफाइनल पुग्ने टिमलाई प्रतिदिन ५ हजार भत्ता प्रदान गरिने र प्रतियोगिताको उत्कृष्ट खेलाडीले ५ हजार रुपैयाँ प्राप्त गर्ने उद्योग बाणिज्य संघ बागलुङले जनाएको छ ।