साहित्यीक उपसमिति गठन

धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति :
बुधबार, मंसिर २५ २០७६

बिद्यामन्दिर पुस्तकालय बागलुङ्गले साहित्यीक उपसमिति गठन गरेको छ ।
पुस्तकालयका अध्यक्ष रामप्रसाद शर्माको अध्यक्षतामा मंगलबार बसेको बैठकले पुस्तकालयले साहित्यीक गतिविधीलाई अगाडी बढाउने उदेश्यले राम थापा अविरलको संयोजकत्वपमा ९ सदस्यीय उपसमिति गठन गरेको हो ।
समितिका सदस्यहरुमा काजिरोशन, धनराज सापकोटा, गुणराज पौडेल, ताराप्रसाद शर्मा, दिल शिरिष, नवराज गौतम, गोविन्द सुबेदी र कोपीला कँडेल रहनुभएको छ ।
बैठकले पुस्तकालयलाई अगाडी बढाउनका लागि बिभिन्न उपसमिति गठन तथा जिम्मेवारी बाँडफाँड गरेर अगाडी बढ्ने निर्णय गरेको अध्यक्ष शर्माले जानकारी दिनुभयो । बैठक अध्यक्ष शर्माको अध्यक्षता र सचिव रामचन्द्र शर्माको संचालनमा सम्पन्न भएको थियो ।