१८ औँ जेसीजकपको उपाधी वेष्ट प्वाइन्टको पोल्टामा

धौलागिरी एफएम संवाददाता, म्याग्दी / प्रकाशित मिति :
आइतबार, मंसिर १५ २០७६

बेनीमा शनिवार सम्पन्न नरेश मोवाईल १८ औँ अन्तरमावि जेसीज कप फुटवल प्रतियोगिताको उपाधी न्यू वेष्ट प्वाइन्ट आवसीय माविले हात पारेको छ ।
बुद्ध एकेडेमीलाई १ का विरुद्ध ८ गोल गर्दै फराकिलो गोल अन्तरले वेष्ट प्वाइन्ट बिजयी हुन सफल भएको हो । वेष्ट प्वाइन्टको जितको लागि मनिस श्रेष्ठ र अमृत तामाङले ३÷ ३ गोल, आदित्य विक र निसान गौचनले १÷ १ गोल गरेका थिए भने बुद्धका नेत्र हुमेनले सान्त्वना गोल गरेका थिए ।
जेसीजकप फुटवलमा वेष्ट प्वाइन्टले लगातार तीन बर्षसम्म प्रतियोगिताको उपाधी हात पार्दै रनिङ शिल्ड पच गराउन सफल भएको छ भने बुद्ध पहिलो पटक उपाधीका लागि फाइनल सम्म पुगेको हो । प्रतियोगितामा बिजेता बनेको वेष्ट प्वाइन्टलाई नगद ५१ हजार सहित रनिङ्ग शिल्ड, ट्रफि, मेडल र प्रमाण–पत्रद्धारा पुरस्कृत गरिएको छ ।
त्यसैगरि उप–बिजेता बुद्धलाई नगद ३१ हजार सहित ट्रफि, मेडल र प्रमाण–पत्रद्धारा पुरस्कृत गरिएको छ । प्रतियोगितामा अनुशासित टिम घोषित केवि एकेडेमि दरबाङलाई नगद ७ हजार ७ सय ७७ पुरस्कार उपलब्ध गराईएको छ ।
प्रतियोगिता अवधिभर १२ गोल गर्दै सर्वा्धिक गोलकर्ता बनेका वेष्ट प्वाइन्टका मनिस श्रेष्ठ, उत्कृष्ट गोलरक्षक सोही विद्यालयका सज्जन बराईली, उत्कृष्ट डिफेन्डर तेजिन घर्तिमगर,उत्कृष्ट मिडफिल्डर आदित्य विक, उत्कृष्ट खेलाडी घोषित बुद्धका नेत्र हुमेन, उत्कृष्ट स्टाईगर बेनी सामुदायिकका बिजय छिनाल र राईजिङ प्लेयर घोषित गौतम केसी र उत्कृष्ट प्रशिक्षक वेष्ट प्वाइन्टका दिपेन राईलाई जनही नगद २ हजार ५ सयको साथमा मेडल र प्रमाणपत्रद्धारा पुरस्कृत गरिएको छ ।